उम्मेदवारी दर्ता गर्नबाट बन्चित रेखा थापा भन्छिन्–एमाओवादीलाई जिताउन मेरो योगदान हुन्छ

काठमाण्डु टुडे २०७० असोज १७ गते ४:२० मा प्रकाशित

Prachanda-Rekhaकाठमाण्डु–मतदाता नामावली सूचीमा नाम नभएपछि चर्चित नायिका रेखा थापालाई संबिधानसभा सदस्यको उम्मेदवार बनाउने एकीकृत माओवादीको निर्णय उल्टिएको खुलासा भएको छ ।
पर्सा क्षेत्र नम्बर १ बाट रेखालाई उम्मेदवार बनाउन एकीकृत माओवादीले निर्णय गरेको थियो । उम्मेदवारी घोषणा गर्ने अन्तिम दिन बुधवार मतदाता सूचीमा रेखा थापाको नाम नपाएपछि उनलाई एमाओवादीले उम्मेदवारको सूचीबाट हटाएको हो । उम्मेदवार बन्नका लागि मतदाता नामावलीमा नाम अनिवार्य हुनुपर्ने प्रावधान छ ।
‘एकीकृत माओवादीले मलाई सम्मान गरेर उम्मेदवार बनाएको हो । मैले काठमाण्डुमा मतदाता सूचीमा नाम पनि लेखाएको हो तर निर्वाचन आयोगको प्राविधिक कमजोरीका कारण मतदाता सूचीमा मेरो नाम रहेनछ’रेखाले काठमाण्डु टुडेसँग भनिन‘त्यहि कारणले म उम्मेदवार हुन सकिन,मेरा लागि दुर्भाग्यपूर्ण अवस्था रहेपनि पार्टीलाई जिताउन म आफनो ठाउँबाट योगदान गर्छु ।’Rekha-thapa
मोरङको झुर्कियामा जन्मिएकी रेखा मोरङकै सलकपुरमा हुर्केकी हुन । उनले काठमाण्डुलाई कार्यक्षेत्र बनाउँदै आएकी छिन । ०६४ को संबिधानसभा निर्वाचनमा उनले काठमाण्डु क्षेत्र नम्बर ८ बाट मतदान गरेकी थिइन ।
एकीकृत माओवादीका एक नेताले पनि रेखा थापाले टिकट नपाउनुको कारण पार्टीभित्रैबाट बिरोध भन्दापनि मतदाता नामावलीमा नाम नभएका कारण हो । अन्तिम सयममा नामावलीमा नाम नभएको थाहा पाएपछि रेखा थापाको ठाउँमा माओवादीले बलिराम साहलाई उम्मेदवार बनाएको छ । गत जेठ २४ गते  एकीकृत माओवादीमा औपचारिक प्रवेश गरेकी थापाले सक्रिय राजनीति गर्ने चाहना व्यक्त गर्दै आएकी थिइन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us