जापानबाट समानुपातिकमा थापा र लामा सिफारिश

काठमाण्डु टुडे २०७० असोज १६ गते १६:५५ मा प्रकाशित

टोकियो – एनेकपा माओबादीको जापानस्थित भात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चा जापानले पनि आगामी संबिधान सभाको निर्बाचनका लागि जापानबाट मोर्चाका निबर्तमान अध्यक्ष बेलु थापा र हालका उपाध्यक्ष हवलचन्द्र लामालाई समानुपातिक उम्मेदवारकोरुपमा नाम सिफारिश गरी पठाएको छ । ‘पार्टी केन्द्रले दुई जनाको नाम सिफासिश गरी पठाउन दिएको निर्देशनअनुसार थापा र लामाको नाम हालै बसेको बैठकद्वारा सर्बसम्मत निर्णय गरी पठाएको हो’ ।

बागलुङ गल्कोटका थापा बिद्यार्थीकालदेखि नै जिल्लास्तरिय राजनीतिमा सक्रिय रहँदै आएको र जेलनेलको यातनासमेत भोगेका छन् । जापानमा पनि लोकतान्त्रिक आन्दोलनदेखि बामपन्थीहरु संगठित हुने अभियानमा सुरुदेखि सक्रिय छन् ।यसैगरी काभ्रे भुम्लुसल्लेका लामा जनजाति पृष्ठभूमिबाट छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us