
ताइसान (चीन), १६ असोज– दक्षिण चीनस्थित एक समुद्रमा गत आइतबार अपरान्ह आएको ‘उटीप’ नामक आाधीपछि अझै पनि ५८ व्यक्ति बेपत्ता छन् ।
उद्धारकार्य लगातार जारी रहादा पनि ती व्यक्तिहरु बेपत्ता रहेका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । गुआङ्गडोङ्ग प्रान्तको ताइसान सहरका अधिकारीहरुले तयार पारेका बेपत्ताको नामाबलीमा सो जानकारी दिइएको सार्वजनिक सुरक्षा तथा नागरिक मामिला अधिकारीहरुले जनाएका छन् ।
दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा तीनवटा डुङ्गामा ८८ जना माझी रहेको थिए । बेपत्ता भएकामध्ये ३० जनाको मङ्गलबार अपरान्ह्सम्म उद्धार गरिएको समाचारमा उल्लेख छ ।
चिनियाा राष्ट्रपति सि जिनापिन र प्रधानमन्त्री लि केकियाङले ‘उटीप’ आाधीबाट बेपत्ता भएका व्यक्तिलाई सुरक्षित उद्धार गर्न स्थानीय अधिकारीलगायत सशस्त्र बललाई विशेष निर्देशन दिनुभएको छ । रासस/सिन्ह्वा