एमआरपीलाई छिट्टै इ–पासपोर्ट प्रणालीमा लैजाने तयारी

काठमाण्डु टुडे २०७० असोज १७ गते ११:०३ मा प्रकाशित

RamKumarShresthaकाठमाण्डु–मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू गरेको नेपालले इ–पासपोर्ट प्रणाली लागू गर्ने तयारी थालेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड र हवाइ नीति कार्यान्वयनमा नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गर्दै इ–पासपोर्ट लागू गर्ने तयारी भइरहेको जानकारी गराएका हुन ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)को यही असोज ८ गतेदेखि क्यानाडाको मन्ट्रियलमा प्रारम्भ भएको ३८औा महासभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले त्यस्तो धारणा व्यक्त गरेका हुन ।     आइकाओको मापदण्डअनुरुप नेपालले सन् २०१० देखि नै मेसिन रिडेबल पासपोर्ट(एमआरपी) लागू गरिसकेको बताउादै मन्त्री श्रेष्ठले एमआरपीलाई छिट्टै इ–पासपोर्ट प्रणालीमा लैजाने तयारी भइरहेको महासभालाई जानकारी गराएका हुन ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन गएका मन्त्री श्रेष्ठले नेपालको हवाइ सेवा क्षेत्रका चुनौती र सुरक्षित हवाइ सेवा सञ्चालनका लागि नेपालले गरेका प्रयासबारे जानकारी दिएको क्यानाडास्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाल अद्वितीय भू–बनोट, साास्कृतिक विविधता र जीवन्त परम्पराले सम्पन्न देश भएको चर्चा गर्दै मन्त्री श्रेष्ठले सुरक्षित हवाइ सेवाले नेपाली पर्यटन क्षेत्रलाई प्रबद्र्धन गर्न मद्दत पुग्ने बताए । महासभामा नेपालले ‘हवाइ क्षेत्रमा मानव संसाधन विकास र चुनौती’ विषयमा समेत जानकारी पत्र दर्ता गराएको छ ।
एक सय ९१ सदस्य राष्ट्रका करिब एक हजार ५०० प्रतिनिधिले भाग लिइरहेको सो महासभा असोज १८ गतेसम्म जारी रहने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us