कसकसका श्रीमान श्रीमती प्रत्यक्षमा भिड्दैछन ?

काठमाण्डु टुडे २०७० असोज १६ गते १३:०२ मा प्रकाशित

काठमाण्डु– एकीकृत माओवादीले ५ आसन्न संविधानसभा निर्वाचनमा पाँच जोडीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।
baburam-bhattarai-hisila-yamiमाओवादीले नेता बाबुराम भट्टराईलाई गोरखा–१ र रुपन्देही–४  तथा उनकी पत्नी हिसिला यमीलाई काठमाण्डु–७ बाट उम्मेदवार बनाएको छ । यसअघि गत संविधानसभा निर्वाचनमा भट्टराईले गोरखा– १ र यमीले काठमाण्डु–७ बाट जितेका थिए । यस्तै नेता वर्षमान पुनलाई मोरङ–९ र पत्नी ओनसरी घर्तीलाई रोल्पा–२ बाट उम्मेदवार बनाइएको छ ।

barshaman-finalअर्का नेता शक्तिबहादुर बस्नेतको पनि श्रीमान श्रीमती नै उम्मदेवार बनेका छन् । माओवादीले बस्नेतलाई जाजरकोट–२ र पहाडीलाई डोल्पाबाट उम्मेदवार बनाएको छ । shakti final

devendra-finalपूर्वविद्यार्थी नेता देवेंन्द्र पौडेल र कल्पना धमलाको जोडीले पनि प्रत्यक्ष निर्वाचनमा टिकट पाएको छ । पराजुली गृहजिल्ला लमजुङ–२ र धमला यसअघिकै धादिङ क्षेत्र नम्बर–२ बाट चुनाव लड्दैछिन् ।

पूर्वश्रीमान–श्रीमती पनि चुनावी मैदानमा
एकीकृत माओवादीले नेतृ रेणु चन्द र टेकेन्द्र भट्टलाई पनि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा उम्मेदवार बनाएको छ । चन्द बैतडी–२ र भट्ट, कञ्चनपुर–३ बाट उम्मेदवार बनाइएका छन् । उनीहरु पूर्वश्रीमान–श्रीमती हुन् । जनयुद्धकालमै एक अर्कालाई मनपराएर जनवादी विवाह गरेका चन्द र भट्टको व्यक्तिगत जीवनमा असमझदारी बढेको भन्दै सम्बन्ध विच्छेद भएको थियो । पारिवारिक जीवनबाट अलग हुँदा उनीहरु दुवै संविधानसभा सदस्य थिए । अहिले व्यक्तिगत सम्बन्ध राम्रो रहेको उनीहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us