
काठमाण्डु, १५ असोज–भारतको मध्यप्रदेशस्थित खंडवा जिल्लाको जेलबाट सातजना कैदी फरार भएका छन् । एकजनाई प्रहरीले जिल्लाकै सर्वोदय कोलोनीबाट पक्रन सफल भए पनि अन्यको अवस्था थाहा हुन सकेको छैन ।
मंगलबार विहान शौचालयको ढोका फोडेर कैदीहरु फरार भएको स्थानीय पत्रकार ऋषी पान्डेयले बताए । प्रहरीले रोक्न खोज्दा उनीहरुले एकजनाको साथबाट राइफल खोसे र चक्कु प्रहार गरेर भागे ।
फरार रहेका सबै प्रतिवन्धित संगठन ‘स्टुडेन्ड इस्लामिक मुभमेन्ट अफ इन्डिया’ (सिमी)का सदस्य हुन् । प्रहरीले उनीहरुको खोजीकार्य जारी रहेको बताएको छ ।