आफ्नो लागि लायक केटा नभेट्टाएकोमा प्रियंकाको गुनासो

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ८:५७ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– बलिउड अभिनेत्री प्रियंका चोपडाले विवाहका बारेमा हाल केही नसोचेको बताएकी छिन् । उनले आफ्नो लागि खोजेको जस्तो लायक केटा नभेट्टाएका कारण विवाह गर्ने सोँच नबनाएको उनले बताएकी छिन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा उनलाई यसबारे पत्रकारहरुले सोध्न भ्याएका थिए । प्रियंकाको कान्छो भाइको विवाह तय भइसकेको अवस्थामा उनका विवाह कहिले होला भन्ने जिज्ञासा हुनु स्वाभाविक पनि हो । हाल विवाह गर्न किन नसोँचेको त भन्ने प्रश्नमा गुनासो गर्दै उनी भन्छिन्, ‘मलाई अहिलेसम्म कोही पनि केटा विशेष लागेको छैन कि म ऊसँग जिन्दगीका यति महत्वपूर्ण पाटो बनाउन सक्छु । मलाई लागेको छ मेरा लागि लायक कोही बनेकै छैनन् ।’

हालैको केही समय पहिले प्रियंकाको अभिनेता शाहिद कपुर र त्यसपछि शाहरुख खानसँग कथित रुपमा नजिकिएको निकै समाचारहरु मिडियामा आएका थिए । अहिले उनी भारतीय बक्सिङ खेलाडी एम सी मेरीको जीवनमा आधारित बायोपिक फिल्ममा मेरीको भूमिकामा काम गरिरहेकी छिन् । उनको कलाकारिताको जीवनमा यो फिल्म उनको लागि निकै जटिल रहेको बथताउँदै आएकी बीबीसीले जनाएको छ ।

Priyanka chopada

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us