
नौरोबी आतंककारी हमलाकी मास्टर माईन्ड भनिएकी बेलायती महिला विरुद्ध ईन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ ।
सन् २००५ को जुलाई ७ मा लंदनमा आत्मघाती हमला गर्ने हमलाकारीकी विधवा सामंथा लुईथवेट नाम केन्या हमलामा आएपछि उनी विरुद्ध रेड कर्नर नोटिस जारी गरिएको हो । ईन्टर पोलको नोटिसमा सामंथा विष्फोटक पदार्थ राखेको र अपाराधिक गतिविधिमा सरिक भएकोले उनी विरुद्ध रेड कर्नर जारी गर्नु परेको जनाईएको छ । नोटिसमा केन्या आक्रमण बारे भने केहि उल्लेख छैन ।
नटाली वेबको नामले चिनिने यी महिलालाई दक्षिण अफ्रिकाको नक्कली पासपोर्ट राखेको आरोप पनि लागेको छ । सामंन्था सोमालियाको आतंकवादी संगठन अल शबाबसँग सम्बन्धित रहेको अनुमान गरिएको छ । केन्यामा भएको आतंकवादी हमलाको जिम्मेवारी पनि सोहि संगठनले लिएको छ । केन्याको नैरोबीको वेस्टगेट शपिङ सेन्टरमा भएको आतंकारी हमलमा ६७ जनाको मृत्यु भएको थियो । ४ दिन सम्म चलेको आक्रमणको नेतृत्व सामंथालेनै गरेको आशंका गरिएको छ । आक्रमणमा केहि अमेरिकी नागरिक पनि सहभागि रहेको केन्याले जनाएको छ ।