संयुक्त राष्ट्र संघद्वारा सहश्राब्दी विकास लक्ष्यसम्बन्धी विषेश सम्मेलन आयोजना

काठमाण्डु टुडे २०७० असोज १० गते १८:५४ मा प्रकाशित

पच्चीस तारिख संयुक्त राष्ट्र संघको 68औँ महासभाको सहश्राब्दी विकास लक्ष्यलाई साकार तुल्याउने सम्बन्धी विषेश सम्मेलन न्यूयोर्कमा आयोजित भएको छ। धेरै राष्ट्रका प्रमुख तथा सरकारी नेतागण र संयुक्त राष्ट्र संघ र केही अन्तर्राष्ट्रिय सङ्गठनका उच्च स्तरीय पदाधिकारीले सो सहश्राब्दी विकास लक्ष्यलाई व्यवहारमा उतार्न गरेको प्रयासबारे छलफल गरेका छन्। चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले उक्त सम्मेलनमा भाग लिँदै सम्बोधन गर्नुभयो।

सन् 2000 को सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको शिखर सम्मेलनले “सहश्राब्दी विकास लक्ष्य घोषणा” अनुमोदन गरेको थियो। घोषणाले सन् 2015सम्ममा सहश्राब्दी विकास लक्ष्यका आठ वटा लक्ष्यलाई साकार तुल्याउन प्रतिबद्धता गरेको थियो। यी आठ वटा लक्ष्यहरुमा- खाद्य संकटलाई हटाउने, समस्त विश्वको गरिबी संख्यालाई आधा घटाउने, आधारभूत शिक्षालाई सर्वसाधारण पहुँचमा पुर्‍याउनपर्ने र मातृशिशु मृत्यूदरलाई कम पार्ने आदि रहेका छन्।

सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले सहश्राब्दी विकास लक्ष्य सम्बन्धी कार्यलाई विभिन्न मुलुकले प्रतिबद्धता तथा अन्तर्राष्ट्रिय समाजको सहयोग प्राप्त भएको बताउनुभयो। साथै उहाँले भन्नुभयो-

विभिन्न मुलुकका सरकार, विश्व बैंक, निजी व्यवसायी तथा परोपकारी संस्थाहरुले सहश्राब्दी विकास लक्ष्यलाई सफल बनाउन थप दुई अर्ब पचीस करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महासचिव वानले स्पष्ट प्रगति प्राप्त भएता पनि विभिन्न मुलुक तथा क्षेत्र बीचमा सहश्राब्दी विकास लक्ष्यलाई व्यवहारमा उतार्ने स्थितिमा उल्लेखनीय अन्तर रहेको भन्नुभयो। धेरै क्षेत्रमा अझ बढी काम गर्नुपर्ने उहाँले औँल्याउनुभयो। –

एक अर्ब भन्दा बढी जनता गम्भिर गरिबीको अवस्थामा रहेका छन्। अझ धेरै मानिस स्वास्थ्य,शिक्षा र पिउनयोग्य पानीबाट समेत विमुख रहेका छन्। सहश्राब्दी विकास लक्ष्यलाई सम्पन्न गर्न र डेढ वर्षभन्दा कम बाँकी छ। चुनौति धेरै बढेका छन्। यस अवधिमा हामीले अझ धेरै काम गर्नुपर्ने छ। हामीले सन् 2015 अन्त्यमा सहश्राब्दी विकास लक्ष्यलाई साकार तुल्याउनै पर्छ।

सहभागीहरुले सहश्राब्दी विकास लक्ष्यलाई समयमै साकार तुल्याउन नै सन् 2015पछि विश्व विकासका लागि राम्रो सुरुवात तथा आधार विन्दू बन्ने ठहर गरेका छन्। सन् 2015 पछिको विकास लक्ष्य चाहीं सहश्राब्दी विकास लक्ष्यको निरन्तर तथा उच्च स्तरमा हुने उनीहरुले व्यक्त गरेका छन्। विभिन्न सरकार र धेरै सङ्गठन तथा एजेन्सीले प्रयास गरी सन् 2015पछिको विकास लक्ष्य बनाउनुका साथै संयुक्त राष्ट्र संघले उक्त कामका लागि सहयोग दिने आशा लिएको महासचिव वानको भनाइ छ।

उक्त सम्मेलनमा भाग लिनु भएका चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले यस क्रममा विकासोन्मुख मुलुकको सुझाव सुन्नुपर्ने र विभिन्न मुलुकको वास्तविकताको सम्मान गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो –

वर्तमान लक्ष्यलाई छिटो व्यवहारमा उतार्ने र सन् 2015 पछिको विकास कार्यसूची रोड म्याप बनाउने क्रममा हामीले विकासको मुख्य वस्तु लिएका विकासोन्मुख मुलुकहरुको सुझाव सुन्नुपर्छ। विकास कार्यसूचीलाई बढाउनले विभिन्न मुलुकको वास्तविकतालाई सम्मान गर्नुपर्छ। चिनियाँ सपना, अमेरिका सपना, युरोपेली सपना वा अफ्रिकी सपना जेसुकै भए पनि सबैको सार सुखी जीवन बनाउने हो। तरिका आफ्नाआफ्ना छन्। को राम्रो र को नराम्रो भन्न सकिँदैन। आफ्नो सपना अरुलाई थोपरिदिनु हुँदैन। अन्तर्राष्ट्रिय समाजले विविध वास्ताविकलाई सम्मान गर्नुपर्छ र संभावित शक्तिलाई खोज्न सक्नुपर्छ । समावेशी स्थितिमा विभिन्न मुलुकको विकास लक्ष्यलाई साकार तुल्याइने छ।

चीन सहश्राब्दी विकास लक्ष्यलाई सकारात्मक रुपमा उतार्ने मुलुक हो र गरिबीलाई हटाउने लक्ष्यलाई साकार तुल्याएको पहिलो विकासोन्मुख मुलुक पनि भएको परराष्ट्रमन्त्री वाङ्गले जोड दिनुभयो। Source : CRI 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us