पेट्रोलियम पदार्थको अनुदान कटौतीपछि सुडानमा भडकिएको हिंसामा २४ जना मारिए

काठमाण्डु टुडे २०७० असोज १० गते ३:०४ मा प्रकाशित

खार्तुम १० असोज–पेट्रोलियम पदार्थमा दिँईदै आएको अनुदानमा कटौटीको विरोधका क्रममा भड्किएको हिंसाका कारण सुडानमा २४ जनाको ज्यान गएको छ ।

अनुदान कटौति विरुद्ध सुडानको राजधानी खार्तुममा आन्दोलमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले गोली प्रहार गर्दा ती प्रदर्शनकारी मारिएका हुन् । झडपमा कम्तिमा अन्य ८० जना घाईते भएका छन ।

आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले राजधानी खार्तुमाका कयौं पेट्रोल पम्पहरुमा आगो लगाई दिएका छन् । विमान स्थलतर्फ जाने मुख्य सडकलाई पनि प्रदर्शनकारीहरुले अवरुद्ध पारेका छन । आन्दोलनका कारण शहरका स्कुल कलेज समेत बन्द भएका छन ।

विभिन्न सञ्चार माध्यमले उनीहरुलाई सरकारी पक्षले आन्दोलनको समाचार प्रकाशन तथा प्रसारण गर्नमा रोक लगाएको जनाएका छन् । सुडानमा केहि घण्टा ईन्टरनेट सेवा समेत प्रभावित भएको थियो । प्रदर्शनकारीहरुले त्यहाँका राष्ट्रपति उमर अल बशिरको राजीनामाको माग गरिरहेका छन् । सन २०११ मा दक्षिणी सुडान अलग भएपछि सुडानमा आर्थिक संकट छ । दक्षिणी सुडान अलग हुनु अघि सुडान तेल सम्पन्न देश मानिन्थ्यो । सुडानमा रहेका ७५ प्रतिशत तेलका श्रोत दक्षिण सुडानमा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us