भुकम्पबाट मारिनेको संख्या तीन सय बढी, तीनलाख प्रभावित

काठमाण्डु टुडे २०७० असोज ९ गते ३:१४ मा प्रकाशित

इश्लामावाद १० असोज –पाकिस्तानको दक्षिण पश्चिमी राज्य बलुचिस्तानमा आएको भूकम्पमा मर्नेहरुको संख्या कम्तिमा तीन सय २८ पुगेको छ । भूकम्पमा परी सयौ मानिसहरु घाइते भएका छन् ।

क्षतिग्रस्त भएका भवनहरुबाट उद्धार कार्य जारी रहेको र घाइतेको संख्यामा वृद्धि भएका कारण मारिनेहरुको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी बालबालिकाहरु छन । मंगलबार अपराह्न करिब साँढे चार बजे बलुचिस्तानमा आएको ७ दशमलब ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण सयांै घरहरु क्षतिग्रस्त भएका छन् । भूकम्पले बलुचिस्तान राज्यको अवारन जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ ।
स्थानीय सरकारले जनाएअनुसार अधिकांश माटोले निर्मित घर भएको अवारनका ९० प्रतिशत घरहरु भत्किएका छन् । भूकम्प प्रभावित अवारन र चगइ क्षेत्रमा सरकारले संकटकालको घोषणा गरेको छ । भूकम्पको झट्का कराँची, हैदरावादका साथै भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको थियो । ग्रामीण भेग भएका कारण उद्धार कार्यका साथै उपचारमा पनि ढिलाई भएको बताइएको छ । उद्धार कार्यका लागि पाकिस्तानी सेना घटनास्थल पुगेको भएपनि उद्धार कार्य चुस्त बन्न नसकेको स्थानीय सरकारले जनाएको छ ।
बलुचिस्तान क्षेत्रफलको हिसाबले पाकिस्तानको सबैभन्दा ठूलो राज्य हो तर जनसंख्याको हिसाबमा भने त्यहाँ बसोबास गर्ने मानिसहरुको संख्या निकै कम छ । भुकम्पले बलुचिश्तानका अवारान, केछ, ग्वादर, पञ्जगुर, छाघी र खुजदर सबै भन्दा बढि प्रभावित छ । भुकम्पले ती ठाउँहरुका लगभा ३ लाख वासिन्दा प्रभावित भएका छन् । ग्वादर नजिकैको समुन्द्रका भुकम्पपछि एउटा नयाँ टापु समेत देखा परेको छ । एक सय मिटर चौडाई र दुई सय मिटर लम्बाई भएको यो टापु समुन्द्रि सतहबाट २० मटर मथि छ । जनाकारहरुका अनुसार पकिस्तानमा विगतमा पनि भुकम्प पछि यस्ता टापु देखिएका थिए जो पछि आपै हराएर गए । गत वर्षको अप्रिल महिनामा इरानमा आएको भूकम्पले बलुचिस्तानमा परेको झट्मा परी ३४ जनाको ज्यान गएको थियो ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us