चिनिया वैदेशिक नीतिको पहिलो स्थानमा मैत्रीपूर्ण छिमेकी सम्बन्ध

काठमाण्डु टुडे २०७० असोज ८ गते १५:५१ मा प्रकाशित

Ramesh nath pande

‘चीनले मैत्रीपूर्ण छिमेकी सम्बन्ध वैदेशिक नीतिको पहिलो स्थानमा राखेको छ’चिनिया उपराष्ट्रपति ली युआन छाउले चीन-दक्षिण एशिया शान्ति बिकास मञ्चको शनिवारको बैठकमा भने ‘दक्षिण एशियाली मुलुक लगायत छिमेकी मुलुकसँग शान्तिपूर्ण सह–अस्तित्व हुनुका साथै सहयोग तथा बिकास गरेर दीर्घकालीन क्षेत्रीय शान्तिको निर्माण गर्न चीन इच्छुक छ ।’

चीन दक्षिण एशिया मञ्चलाई सम्बोधन गरेर मंगलवार अपरान्ह काठमाण्डु फर्किन लागेका नेपालका पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले बर्तमान बिश्वमा दक्षिण एशिया आर्थिक रुपले गतिशिल र राजनीतिक रुपले क्षेत्र महत्वपूर्ण रहेको बताएका छन । उनले भनेका छन ‘एशियाका  लागि भबिश्य थाहा भइसकेको छ र दक्षिण एशिया आर्थिक रुपमा गतिशिल राजनीतिक रुपमा महत्वपूर्ण क्षेत्र बनिसकेको छ । खुनमिङ दक्षिण एशिया र चीनका लागि प्रवेशद्धार भएकोमा म खुसी छु । नयाँ रणनीतिक सम्बन्धमा हामीले आपसी हित पाउनेमा म आशावादी छु ।’ पाण्डेले उपराष्ट्रपति ली युआन छाउसँग भेटवार्ता गरेका छन ।

‘अहिले पनि भारतले नेपालको माइक्रो मेनेजमेन्ट (सुक्ष्म व्यवस्थापन) गर्छु भन्छ भने त्यो उसकालागि घातक हुन्छ भन्ने हाम्रो स्पष्ट मान्यता हो । नेपालमा सरकार,सचिव,मन्त्री को भनेर हात हाल्ने प्रबृत्ति छ,त्यो कायम रहयो भने भारतका लागि घातक हुन्छ,त्यसले दुई देशको सम्बन्ध बिस्तारमा मद्दत गर्दैन’एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आइतवार काठमाण्डुमा आयोजित कार्यक्रममा भने । नेपाली राजनीतिको शिर्ष व्यक्तित्वबाट आएको त्यो अभिव्यक्ति नेपाली राजनीतिक बृत्तमा सामान्य रहेपनि अन्तराष्ट्रिय समुदायका वीचमा सामान्य होइन ।

चिनिया उपराष्ट्रपति ली युआन छाउ र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डका अभिव्यक्ति नेपाल,चीन र भारत मात्र होइन अन्तराष्ट्रिय राजनीतिमा अर्थपूर्ण छन । भारतीय सशस्त्र प्रहरीले बर्दियामा नेपालीको घरमा छापा मारेको,अमेरिकी वायु सेनाको बिमान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा तीन घण्टा राखेर गोप्य सामग्री झारिएको,नेपालमा आएर भारतीय प्रहरीले पक्राउ गरी आफनो मुलुकमा लगेका घटना लगत्तै आएका प्रचण्ड र ली युआन छाउका अभिव्यक्ति अन्तराष्ट्रिय समुदायका वीचमा चासोको बिषय बनेका छन । नेपालमा हुने घटनाक्रम प्रति उत्तरी छिमकीको गहिरो चासो रहेको पुष्टी पनि हो-ली युआन छाउको अभिव्यक्ति ।

पूर्वी एशियामा  अवस्थित बिश्वको सर्वाधिक जनसंख्या भएको मुलुक चीन रुस र क्यानडापछिको तेस्रो सबै भन्दा ठूलो क्षेत्रफल भएको मुलुक पनि हो । बिशाल क्षेत्रफल भएका कारण यसको सीमानासँग जोडिएका देशहरुको संख्या पनि बिश्वमा रुसको बरावर छ । उत्तर र दक्षिणमा रुस, मंगोलिया,उत्तर कोरिया, भियतनाम, लाओस,म्यान्मार, भारत, भुटान, नेपाल, पाकिस्तान, अफगानिस्तान, ताजिकिस्तान, किर्गिस्तान र कजाकिस्तान उत्तर पूर्वमा जापान,दक्षिण कोरिया चीनको मुख्य भूमिबाट नजिक छन । २२ हजार एक सय १७ किलोमिटर अरु मुलुकसँग चीनको सीमा जोडिएको छ ।

अफगानिस्तान ७६ किलोमिटर,भुटान चार सय ७० किलोमिटर,बर्मा दुई हजार एक सय ८५ किलोमिटर,भारत तीन हजार तीन सय ८० किलोमिटर,काजकास्तान एक हजार पाँच सय ३३ किलोमिटर,उत्तर कोरिया एक हजार चार सय १६ किलोमिटर, किर्गिस्तान आठ सय ५८ किलोमिटर,लाओस चार सय २३ किलोमिटर,मंगोलिया चार हजार ६ सय ७७ किलोमिटर,नेपाल एक हजार दुई सय ३६ किलोमिटर,पाकिस्तान पाँच सय २३ किलोमिटर,उत्तरपूर्वी रुस तीन हजार ६ सय पाँच किलोमिटर,उत्तर पश्चिम रुस ४० किलोमिटर,ताजिकिस्तान चार सय १४ किलोमिटर,भियतनाम एक हजार दुई सय ८१ किलोमिटर,हङकङ ३० किलोमिटर र मकाउ शुन्य दशमलव ३४ किलोमिटर चीनको सीमा जोडिएको छ । कुल क्षेत्रफल ९५ लाख ९६ हजार नौ सय ६१ किलोमिटर रहेको चीनलाई ९५ लाख ६९ हजार नौ सय एक किलोमिटर जमिन र २७ हजार ६० किलोमिटर पानीले ढाकेको छ ।

चीनको जनसंख्या एक अर्व ३४ करोड ३२ लाख ३९ हजार नौ सय २३ छ । त्यसमा १४ बर्ष भन्दा कम उमेरका १७ दशमलव चार प्रतिशत,१५ देखि ६४ बर्ष उमेर समुहका ७३ दशमलव ५ प्रतिशत र ६५ बर्ष भन्दा माथिका नौ दशमलव एक प्रतिशत छन । चीनमा पुरुषको औसत उमेर ७२ बर्ष र महिलाको ७७ बर्ष छ । चीनमा २३ प्रान्त छन । पाँच स्वशासित क्षेत्र छन । चार नगरपालिका छन ।
आन्हुइ,फुचियान,कन्सु,कुवाङदोङ,कुइचौउ,हाइनान,हपेइ,हेइलोङचियाङ,हेनान,हुबेइ,हुनान,चियाङसु,चियाङसी,चिलिन,लियाओनिङ,छिङहाइ,शानसी,शान्दोङ,शान्सी,सिचुआन,युनान,चेचियाङ चिनिया प्रान्त हुन भने कुवाङसी,नेइ मङगोल (भित्री मंगोलिया) निङसिया,सिनचियाङ उइघुर,सिचाङ (तिब्बत) चिनिया स्वायत्त क्षेत्र क्षेत्र हुन । पेइचिङ,छोङछिङ,साङघाई र थियानचिन नगरपालिका हुन ।

सन १९४९ मा माओत्सेतुङको नेतृत्वमा चिनिया क्रान्तिको बिजयसँगै भागेर ताइवान टापुमा पुगेका कोमिन्ताङलाई पश्चिमा बिश्वले सहयोग गरिरहेको छ । चिनिया बिदेशमन्त्री वाङ यीले अमेरिकी बिदेशमन्त्रीसँगको वार्तामा एशिया प्रशान्त क्षेत्रका समस्या वारेमा छलफल गरेका छन । संयुक्त राष्ट्रसंघको सुरक्षापरिषदको पाँच मध्ये एक स्थायी सदस्य राष्ट्र चीन आणविक शक्ति सम्पन्न राष्ट्र हो ।
बिश्व अर्थतन्त्रको कारखाना मानिने चीनको अर्थतन्त्र डुव्यो भने बिश्वअर्थतन्त्रमा नै असर पर्नेछ । आयको वितरण धनीका पक्षमा गएपछि स्वभाविक रुपमा सामाजिक तनाव उम्लने आधार तयार हुन्छ । सरकारी अधिकारी र व्यवसायी वीचको मिलेमतो तोडन सक्नुमा चिनियाँ नेतृत्वको सफलताको कसी जोडिएको छ । बढदो असमानता र सस्तो लोकप्रियता चीनका चुनौती हुन । एकातिर ३० बर्ष यता चीनमा धनी र गरीवको खाडल बढेको छ भने अर्कोतिर यहि अवधिमा चीनले ३० करोड आफना नागरिकलाई गरिबीको रेखा मुनिबाट माथि उठाएको छ । आर्थिक बिकासको द्धन्दले राजनीतिक सुधारको औचित्य बढदै गएको चीनले अन्तराष्ट्रिय सन्तुलन मिलाउनु पर्ने चुनौती थपिदै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us