जर्मनीमा समाजवादीको साथ अनिवार्य बन्यो मार्केललाई

काठमाण्डु टुडे २०७० असोज ७ गते ४:५७ मा प्रकाशित

Germanजर्मनी ७ असोज–जर्मन चान्सलर एन्जेला मार्केलको पार्टीले लगातार तेस्रो पटक जितेको छ । जर्मनीमा आइतवार भएको निर्वाचनमा मार्केलको पार्टीले पुर्ण बहुमत भने प्राप्त गर्न सकेको छैन ।
मार्केलको पार्टी क्रिश्चियन डेमोक्रेट् ब्लकले ४२ प्रतिशन मत हासिल गरेको छ । जबकी दोस्रो स्थानमा आएको सोसियल डेमोक्रेटिक पार्टीले २६ प्रतिशन मत प्राप्त गरेको छ । मार्केललाई नयाँ सरकार गठनका लागि अब सोसियल डेमोक्रेटिक पार्टीको साथ लिनु पर्नेछ । मार्केलको सहयोगी पार्टीले फ्रि डेमोक्रटिक पार्टीले संसदमा कुनै पनि सिट जित्न सकेको छैन । उसले जम्मा ४ दशमलब ८ प्रतिशत मत प्राप्त गरेको छ ।
जर्मनीमा अहिले नेपालमा विद्यमान भए जस्तै मिश्रित प्रतिनिधित्वको निर्वाचन प्रणाली छ । त्यहाँका जनताले प्रत्यक्षमा स्थानीय उम्मेदवारलाई र समानुपातिकमा पार्टीलाई गरेर दुुई भोट दिने व्यवस्था छ । समानुपातिक तर्फ सिट पाउन जर्मनीमा कम्तिमा ५ प्रतिशत मत प्राप्त गर्नु पर्छ । ५ प्रतिशत मत प्राप्त नगर्ने पार्टीले कम्तिमा ३ प्रत्यक्ष सिट जितेको अवस्थामा समानुपातिक प्रतिनिधित्व पाउँछ । ५० वर्ष यता फ्रि डेमोक्रेट्को संसदमा कुनै प्रतिनिधित्व नभएको यो पहिलो पटक हो ।
गत निर्वाचनमा फ्रि डेमोक्रेटस पार्टीले करीव १५ प्रतिशत मत प्राप्त गरेको थियो । जर्मनीमा दुई सय ९९ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने कम्तिमा पाँच सय ९८ जना समानुपातिक तर्फबाट निर्वाचित हुन्छन् । तेस्रो स्थानमा रहेको बामपन्थी पार्टीको गठबन्धनले ८ दशमल ६ प्रतिशत मत प्राप्त गरेको छ भने ग्रीन पार्टीले ८ दशमलब ४ प्रतिशत मत प्राप्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us