गृहमन्त्रीसहित चारै सुरक्षा निकाय प्रमुख निर्वाचन आयोगमा

काठमाण्डु टुडे २०७० असोज ६ गते ९:५४ मा प्रकाशित

काठमाण्डु, ५ असोज– काठमाण्डु, ६ असोज– निर्वाचन आयोगले सुरक्षा प्रमुखहरुसँग सरकारको चुनावी सुरक्षा रणनीतिबारे जानकारी लिएको छ ।
गृहमन्त्री माधव घिमिरेसहित चारवटै सुर निकाय प्रमुखले कान्तिपथस्थित आयोग कार्यालय पुगेर सरकारका तर्फबाट निर्वाचन सुरक्षा सम्बन्धमा भइरहेका तयारीबारे जानकारी गराएका हुन् । जारी भेटमा आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहितका अधिकारी छन् ।

यस्तै सुरक्षानिकायका तर्फबाट प्रधानसेनापति गौरवशम्शेर राणा, प्रहरी महानिरीक्षक कुवेरसिंह राना, शसस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त सहभागी छन् । सरकारले निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने तयारी गरे पनि त्यसका लागि कानुनी अड्चन देखा परेको छ । सरकारले निर्वाचन बहिस्कारको चेतावनी दिँदै आएको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी तथा तराई र पूर्वी पहाडमा सक्रिय सशस्त्र समूहलाई सुरक्षा चुनौतीका रुपमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us