चुनावको तयारीबारे रेग्मी र प्रचण्डबीच छलफल

काठमाण्डु टुडे २०७० असोज ६ गते ४:२६ मा प्रकाशित

prachand-and-regmiकाठमाण्डु, ६ असोज – मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आगामी चुनावको तयारीबारे छलफल भएको छ । मन्त्रिपरिषद अध्यक्षको सरकारी निवास बालुवाटारमा भएको भेटमा मंसिर चार गते हुने संविधानसभा चुनाव, चुनावको सुरक्षा, रेग्मीको आसन्न अमेरिका भ्रमणलगायत विषयमा छलफल भएको हो ।

निर्बाचन प्रकृयामा असहमत दललाई मनाउन अझै पनि गर्न सकिने उपायबारे छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । ‘चुनावलाई भयरहित र निष्पक्षरुपमा सम्पन्न गर्ने उपायबारे उहाँहरुबीच छलफल भयो,’ प्रचण्डका सहयोगी शिव खकुरेलले भने । असन्तुष्ट दलहरुलाई चुनावी प्रकृयामा सहभागी गराउन अझै सकिने भए पहल जारी राख्न रेग्मीले सबैभन्दा ठूलो दलको नेताको हैसियतले एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।

भेटवार्तामा रेग्मीले सर्बोच्च अदालतका अस्थायी न्यायाधीश र मानव अधिकार आयोगका पदाधिकारी नियुक्तिबारे पनि प्रचण्डसँग परामर्श गरेका थिए । प्रचण्डले सबै दलको सहमतिमा नियुक्ति प्रकृया अघि बढाउन रेग्मीलाई सुुझाव दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us