
काठमाण्डु, ६ असोज– नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण मण्डल आइतबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आइतबार विहान भएको कार्यक्रममा मण्डल एमाओवादीमा प्रवेश गरेका हुन् ।
सप्तरीको छिन्नमस्ता घर भएका मण्डलले २०५१ सालको संसदीय चुनावमा जेलभित्रैबाट उम्मेदवारी दिएर ११ हजार भोट ल्याएका थिए ।
कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले मण्डलको योगदान र भूमिकालाई उचित मूल्यांकन गर्दै पार्टीमा स्थान दिने बताए । मण्डलले आफ्नो बिचार र सिद्धान्त मिलेकाले एकीकृत माओवादीमा प्रवेश गरेको जानकारी दिए ।