
चरिकोट ६ असोज–दोलखामा एक ट्रिपर चालकको हत्या भएको छ । रामेछाप लखनपुर २ का ३२ बर्षीय नारायण मगरको शनिबार राती हत्या भएको हो । उनी दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्तर्गत सीनो हाइड्रोमा कार्यरत थिए ।
हत्यामा संलग्न भएको आशंकामा चारजना पक्राउ परेका छन् । भिमेश्वर नगरपालिका ११ का ओम शरण थापा र वडानम्बर १३ का रमेश केसी तथा बोच गाविसका दिलीप खत्री र रामचन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । हत्याबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।