भारतमा १२ नेपालीसहित ३६ जना पक्राउ

काठमाण्डु टुडे २०७० असोज ६ गते ३:४५ मा प्रकाशित

रौतहट ६ असोज–भारतको पूर्वी चम्पारणस्थित मोतिहारी जिल्लाको चैनपुर गाविसको जुवा अडडामा भारतिय प्रहरीले छापामारेर १२ नेपाली सहित ३६ जना भारतीय जुवाडिलाइ पक्राउ गरेको छ । 
भारतीय बजार कुडवा चैनपुरमा व्यवसायिक रुपमा जुवा खेलाउदै आएका गिरोहलाइ मोतिहारी जिल्लाको ढाका थानामा कार्यरत भारतीय प्रहरीका डिएसपी उमेश्वर चौधरिको कमाण्डमा खटिएको टोलीले छपामारेर रौतहटका १२ जना र भारतको बिभिन्न गाउका २४ जनालाइ नियन्त्रणमा लिएको भारतीय पत्रकार राजेश कुमारले बताएका छन ।
भारतीय प्रहरीले सदरमुकाम गौर–९ का नथुनि राय यादव,राजपुर फरहदवा–४ का मोजाविल मिया,बृजनाथ साह , जुमराति मन्सुरी,शेख जलिल,मलाहिका योगेन्द्र सहनि,शिवनगरका भजन साह , मनोज साह , जुमन मन्सुरि , शेख इस्तयाक , महेश राउत , ताहिर मिया पक्राउ परेका छन । उनीहरुको साथबाट कौडा, दुइ लाख नगद र १६थान मोवाइ सेट बरामद गरी आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाएको भारतिय प्रहरिले जनाएको छ । पक्राउ परेका नेपाली र भारतिय जुवाडेहरुलाइ आवश्यक कार्वाहीका लागि पूर्वी चम्पारणको मोतिहारीमा पठाइएको भारतिय पत्रकार राजेश कुमारले बताए ।

हतियारसहित ६ जना जना नियन्त्रणमा 

सिरहाको अयोध्यानगर गाविस– ९ बाट ६ जना हतियार सहित पक्राउ परेका छन् । गागन खोला किनारबाट चार थान हतियारसहित छजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानकुमार महतोका अनुसार पक्राउ पर्नेहरुमा सिरहा बस्तीपुर गाविस– १ का २६ वर्षीय महेश यादव, भवानीपुर गाविस– ६ का २१ वर्षीय रवीन्द्र मण्डल र धनगढी गाविस– १ का २२ वर्षीय दीपेन्द्र महतो रहेका छन् । पक्राउ गरेकामध्ये तीनजनाको नाम भने प्रहरीले खुलाएको छैन । ‘पक्राउ परेकामध्ये तीनजनालाई गाउँलेले समातेर बुझाएकाले अनुसन्धानपछि मात्र वास्तविकता खुल्ने’ प्रहरी निरीक्षक महतोले बताए ।

पक्राउ परेकाहरुबाट आठ राउण्ड गोली लोड गरिएको म्यागेजिनसहितको एकथान स्वचालित पेस्तोल, दुई थान कटुवा पेस्तोल, एक थान खुकुरी र चार थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरु विभिन्न लुटपाट, डकैतीलगायतका घटनामा संलग्न रहेको बताइएको छ । महतो हातहतियार तथा खरखजाना ऐनअन्तर्गतको मुद्दामा तीन वर्ष कैद भुक्तान गरी गत साउन १७ गतेमात्र रिहा भएका व्यक्ति हुन् ।

राति साढे १० बजेतिर धानखेतमा पानी पटाउन गएका तीनजना महिलाले खेतमा लुकेर बसिरहेको अवस्थामा केही मानिस देखेपछि फर्किएर गाउँलेलाई खबर गरेको थिए । त्यसलगत्तै प्रहरीलाई समेत खबर गरी गाउँलेले घेरा हालेर समात्न खोज्दा तीनजना फायरिङ गर्दै भागे पनि बाँकी तीनजनालाई भने समात्न सफल भएका थिए । फायरिङ गर्दै भागेकालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us