अखिलको अध्यक्षमा लम्साल, पौडेल र मल्ल भिड्ने

काठमाण्डु टुडे २०७० असोज ६ गते ३:४४ मा प्रकाशित

flag of akhilकाठमाण्डु, ६ असोज – नेतृत्व विवादले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २१ औं महाधिवेशन अन्तरगतको वन्दशत्र आइतबार तेस्रो दिन पनि शुरु भएको छैन । विहीबार महाधिवेशन उद्घाटन भएको थियो भने शुक्रबारबाट बन्दसत्र शुरु गर्ने कार्यतालिका थियो । तर, अध्यक्ष झलनाथ खनाल र नेता केपी ओली पक्षका कार्यकर्ताहरुबीच प्रतिनिधि छनौट र नेतृत्वमा सहमति नजुटेपछि बन्दसत्र प्रभावित भएको हो ।

अध्यक्ष पदमा लक्ष्मण लम्साल, नवराज पौडेल र किशोर विक्रम मल्लले दावी गरेका छन् । यसअघि अध्यक्षमा दावी गरेका नविना लामा र भीम राईले आफ्नो दावी फिर्ता लिएका छन् । लामाले लम्साल प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिदैछिन् । मल्ल प्यानलबाट भने निवर्तमान सचिव रचना खड्का महासचिवमा उठ्दैछिन् ।

बन्दसत्र स्थल सारियो

प्रज्ञा भवन कमलादीमा बन्दसत्र गर्ने र दुई दिनभित्र महाधिवेशन सक्ने कार्यतालिका थियो । तर, नेतृत्वको खिचातानीले महाधिवेशन लम्बिएपछि आइतबारबाट राष्ट्रियसभा गृहमा सारिएको छ । प्रज्ञा भवन कमलादीमा झण्डै एकलाख भाडा तिर्नुपर्दथ्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us