
काठमाण्डु, ५ असोज– नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बार चारले अपाm्नो क्षेत्रबाट सिफारिस गरिएका युवा नेता गगन थापाको नाममा विवाद नरेहको दाबी गरेको छ ।
काँग्रेस काठमाडौँ क्षेत्र नम्बर–४ ले शनिबार सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवालाई भेटी थापाको नाममा विवाद नरहेको जानकारी गराएको हो । यसअघि केन्द्रीय सदस्य सुप्रभा घिमिरेसहितले प्रक्रिया मिचेर सिफारिस गरिएको भन्दै गगनलाई उम्मेदवार नबनाउन शीर्ष नेतृत्वलाई दबाब दिँदै आएका छन् ।
क्षेत्रीय समितिले भेलामार्फत नेता थापाको नाम सर्वसम्मतिले सिफारिस गरिएको दाबी गरेको छ । काठमाडौँ–४ मा एकीकृत माओवादीले पूर्वलडाकु प्रमुख नन्दकिशोर पुनलाई उम्मेदवार बनाउने निर्णय सिफारिस गरिसकेको छ ।