वैद्य माओवादी आत्मघाती बाटोमाः गौतम

काठमाण्डु टुडे २०७० असोज ५ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, ५ असोज– एमाले उपाध्यक्ष वामदेव गौतमले संविधानसभा निर्वाचन बहिष्कारको आत्मघाती बाटो नरोज्न मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई सुझाव दिएका छन् ।
bamdevप्रेस चौतारी नेपालको बैठकलाई राजधानीमा शनिबार उद्घाटन गर्दै उनले  निर्वाचनमा सहभागी हुन वैद्य माओवादीलाई आग्रह गरे । उनले निर्वाचन बहिस्कार गरे वैद्य माओवादी पतनको दिशामा जाने दाबी गरे । गौतमले वैद्य माओवादी निर्वाचनमा आउने सुनिश्चित भए गोलमेच समेलनका लागि एमाले तयार रहेको उल्लेख गरे । उनले निर्वाचन नभए मुलुकको अस्तित्व नै संकटमा पर्ने भएकाले निर्वाचनको विकल्प नरहेको स्पष्ट गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष शिव गाउ“ले, प्रचार विभाग सचिव सूर्य थापा, प्रेस चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ लगायतले पनि बोलेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us