१२ बुँदेका सहयात्री मिल्नुपर्छः प्रचण्ड

काठमाण्डु टुडे २०७० असोज ५ गते ८:५४ मा प्रकाशित

काठमाण्डु, ५ असोज– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्कपकमल दाहाल प्रचण्डले १२ बुँदे सहमतिका हस्ताक्षरकर्ता राजनीतिक दलबीचको सहकार्यमा जोड दिएका छन् । Prachandaगोरखा–काठमाण्डौं गणतान्त्रिक मञ्चले राजधानीमा शनिबार गरेको कार्यक्रममा उनले राजनीतिक परिवर्तन संस्थागत गर्न आन्दोलनकारी शक्तिबीच एकताको खाँचो रहेको बताएका हुन् ।

गणतन्त्र, संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशीता र राज्यको अग्रगामी पुनर्संरचना गर्नका लागि पनि दलहरु मिल्नुको विकल्प नरहेको उनले बताए । आन्दोलनका सहयात्री दलहरुबीच दूरी बढ्दा परिवर्तनको प्रवाहमा पाखा लागेको शक्ति बलियो हुने भनाइ उनको छ । परिवर्तन संस्थागत गर्न ४ मंसिरको निर्वाचन सबै मिलेर सफल पार्नुपर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us