वैद्यलाई सहमतिमा ल्याउन दलहरुको भूमिकाः रेग्मी

काठमाण्डु टुडे २०७० असोज ५ गते ८:३३ मा प्रकाशित

काठमाण्डु, ५ असोज– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एमाले अध्यक्ष झलनाथ खनालबीच शनिबार भेटवार्ता भएको छ ।
khilrajअध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा भएको भेटमा आसन्न संविधानसभा निर्वाचन तयारी र बहिस्कार गर्ने साना दलहरुको चेतावनीका विषयमा छलफल भएको थियो ।
भेटमा अध्यक्ष रेग्मीले सरकार ४ मंसिरमै निर्वाचन गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डका अनुसार भेटमा निर्वाचन प्रक्रियामा असहमत दललाई सहमतिमा ल्याउन भइरहेका प्रयासका सम्बन्धमा समेत छलफल भएको थियो । भेटमा अध्यक्ष रेग्मी र खनालबीच असन्तुष्ट दललाई सहमतिमा ल्याउन सक्दो पहल गर्ने विषयमा समेत कुराकानी भएको जानकारी पाण्डेले दिए । भेटमा अध्यक्ष रेग्मीले असन्तुष्ट पक्षलाई सहमितमा ल्याउन दलहरुको महत्वपवूर्ण भूमिका हुने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us