एमाले अखिलको महाधिवेशनमा बन्दसत्र जारी

काठमाण्डु टुडे २०७० असोज ५ गते ४:४९ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको राजधानीमा जारी २१ औं महाधिवेशनमा आजबाट बन्दशत्र सुरु भएको छ ।
flag of akhilप्रतिनिधि छनोटमा विवाद भएपछि हिजो हुने भनिएको बन्दशत्र आजबाट सुरु भएको हो । बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । पार्टी शीर्ष नेताहरुको पहलमा प्रतिनिधि छनोट विवाद मिलेकाले आजबाट बन्दसत्र सुरु  भएको अध्यक्ष माधव ढुगेलले जानकारी दिए ।

बन्दशत्रमा सुर्खेत, बाँके र पर्सा जिल्लाबाट दुई समूहका प्रतिनिधि आएकाले विवाद चर्किएको थियो । काठमाडौँमा बिहीबार सुरु भएको महाधिवेशनले ११ सदस्यीय पदाधिकारीसहित १ सय ३५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा लक्ष्मण लम्साल, किशोरविक्रम मल्ल र नवराज पौडेलले उम्मेद्वारी घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us