आज ३२ औँ विश्व शान्ति दिवस

काठमाण्डु टुडे २०७० असोज ५ गते २:५४ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– ३२ औं विश्व शान्ति दिवस शान्तिका लागि शिक्षा’ भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००१ देखि सेप्टेम्बर २१ तारिखका दिन हरेक वर्ष आजैका दिन यो दिवस मनाउने गरिएको छ । नेपालमा भने २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले अति गरिब र अति सीमान्तकृत बालबालिकाको शिक्षाका लागि प्रतिबद्धता जनाउन विश्व समुदायसमक्ष अपिल गरेका छन् ।

उनले विश्वको शान्ति र विकासका लागि गुणस्तरीय शिक्षामा जोड दिएका छन् । दिवसका अवसरमा नेपालमा सरकारी तवरबाट भने कुनै कार्यक्रम आयोजना गरिएको छैन । शान्तिमन्त्री रामकुमार शर्मा क्यानडा गएका रण कार्यक्रम आयोजना नगरिएको मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us