
नेपालगन्ज, ५ असोज – भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बाँकेको नेपालगन्जस्थित सृष्टि चलचित्र भवन नजिक लागुऔषधको कारोबार गर्ने एक जनालाई शनिबार पक्राउ गरेको छ ।
प्रहरीले बाँके जिल्ला परस्पुर गाविस–६ निवासी अकबरअलि दर्जीलाई १० पोका ब्राउनसुगरसहित पक्राउ गरेको हो । अभियुक्त र बरामद गरिएको लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक मधुसूदन पुडासैनीले जानकारी दिए ।