सरकारद्धारा ३३ दलीय मोर्चालाई निर्वाचनमा सहभागी हुन आब्हान

काठमाण्डु टुडे २०७० असोज ४ गते ८:५७ मा प्रकाशित

काठमाण्डु ४ असोज–सरकारले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई संबिधानसभाको दोस्रो निर्वाचनमा सहभागी हुन पुन आब्हान गरेको छ ।
मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले असन्तुष्ट राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन पुन आब्हान गरेको हो । उपलब्ध अवसरदलाई सदुपयोग गर्दै निर्वाचनमा सहभागी हुन आब्हान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता माधव पौडेलले बताए ।
स्वतन्त्र,निष्पक्ष,भयरहित र बिश्वसनीय रुपमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्रिपरिषदले पारित गरेको आब्हान पत्रमा भनिएको छ ‘निर्वाचनबाट मात्र मुलुकले राजनीतिक निकास पाउने हुँदा संबिधानसभा निर्वाचनमा मुलुकका बढी भन्दा बढी दलहरुको सहभागिता होस भन्ने नेपाल सरकारको अपेक्षा छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us