एमाले नेता ओलीले भने- नेपाली काँग्रेस खरी झरेको र छाला खुइलिएको थोत्रो मादल !

काठमाण्डु टुडे २०७० असोज ४ गते १०:४४ मा प्रकाशित

KP-Oliकाठमाडौं, असोज ४ – चोटिला शव्दको प्रयोग गर्ने एमाले नेता केपी शर्मा ओलीले शुक्रवार नेपाली काँग्रसलाई खरी झरेको र छाला खुइलिएको थोत्रो मादल भनेर टिप्पणी गरेका छन । पार्टी कार्यालय बल्खुमा शुक्रवार बिहान पार्टी कार्यालय बल्खुमा भएको केन्द्रीय प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले नेपाली काँग्रेसप्रति आक्रामक अभिव्यक्ति दिए । उनले भने ‘     एमालेलाई शत्रु देख्ने नेपाली काँग्रेस खरी झरेको र छाला खुइलिएको थोत्रो मादल हो । अब त्यस्तो मादलको कुनै काम छैन । ’ यसअघि नेपाली काँग्रेसले एकीकृत नेकपा माओवादी भन्दा एमाले ढुलमुले भएको निर्णयनै गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एकीकृत नेकपा माओवादीलाई सिद्धान्त नबुझ्नेले एमालेको लिंग सोध्न नमिल्ने टिप्पणी गरे । उनले माओवादील परिवर्तनका लागि चलाएको हिँसात्मक गतिविधिनै अहिलेको समस्या भएको बताए । एउटै कार्यक्रममा सम्बोधनका लागि पुगेका ओलीले आफ्नो अभिव्यक्ति दिएपछि कार्यक्रम छोडेर बाहिरिए भने त्यसलगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो धारणा राखेका थिए ।  त्यस लगत्तै उनी पनि बाहिरिएपछि बल्ला अध्यक्ष झलनाथ खनालले भेलालाई सम्बोधन गरे । भेलालाई सम्बोधन गरेका  खनालले आगामी चुनावमा एमालेले बहुमत ल्याउने बताए । आफ्नो पार्टी बहुमत सहितको पहिलो पार्टी बन्ने भन्दै उनले त्यसै अनुसार प्रचारमा लाग्न पत्रकारलाई निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us