बाराका सामुदायिक विद्यालय बन्द

काठमाण्डु टुडे २०७० असोज ४ गते ५:१२ मा प्रकाशित

बारा, ४ असोज –राहत शिक्षक संघर्ष समितिको आन्दोलनलाई समर्थन गर्दै नेपाल शिक्षक युनियन बाराले शुक्रबार जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गराएको छ । बन्दका कारण बाराका ४ सय ७७ सामुदायीक विद्यालयमा पढाई प्रभावित भएको छ ।

राहत शिक्षकले राखेको जायज माग अविलम्ब पूरा गर्न सरकारलाई दवाव दिन विद्यालय बन्द गर्नु परेको युनियनका अध्यक्ष भरतप्रसाद साहले बताए । तलब वृद्धिलगायत चार सूत्रीय माग राखी राहत शिक्षकले आन्दोलन गर्दै आएका छन् । आन्दोलन कार्यक्रमअन्र्तगत शिक्षकले बिहीबार जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us