थ्रीस्टार क्लब मलेसिया जाँदै

काठमाण्डु टुडे २०७० असोज ४ गते ३:०४ मा प्रकाशित

Three_Star_Clubकाठमाण्डु, ४ असोज- एएफसी प्रेसिडेन्ट्स कप फुटबलमा भाग लिन थ्रीस्टार क्लब शुक्रबार मलेसिया जाँदैछ । मलेसियाको मलाकामा असोज ७ देखि १३ गतेसम्म हुने प्रेसिडेन्ट्स कपको नवौं संस्करणमा नेपालको लिग च्याम्पियन थ्रीस्टार सहभागी हुन लागेको हो ।

२० खेलाडी र २ प्रशिक्षकसहितको टोली दिउँसो प्रस्थान गर्ने थ्रीस्टारका अध्यक्ष ललितकृष्ण श्रेष्ठले जानकारी दिए । समूह ‘ए’ मा रहेको थ्रीस्टारले आउँदो सात गते तुर्कमिनिस्तानको बाल्कनसँग र ९ गते मंगोलियाको इर्चिम एफसीसँग खेल्नेछ । प्रेसिडेन्ट्स कपको विजेताले ५० हजार र उपविजेताले २५ हजार अमेरिकी डलर पाउने छन् । सन् २००५ को पहिलो संस्करणमा सहभागी भएको थ्रीस्टार सेमिफाइनलसम्म पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us