टोटनह्याम र स्वान्सीको विजयी सुरुवात

काठमाण्डु टुडे २०७० असोज ४ गते ३:०४ मा प्रकाशित

काठमाण्डु, ४ असोज–युरोपा लिग फुटबलमा इंग्लिस क्लब टोटनह्याम र स्वान्सीले विजयी सुरुवात गरेका छन् । गएराति सम्पन्न खेलमा टोटनह्यामले ट्रोम्सोलाई ३–० गोल अन्तरले पराजित गरेको छ । उसका लागि डेफोले २ तथा एरिक्सनले १ गोल गरे ।

अर्को खेलमा स्वान्सीले १० खेलाडीमा सिमित भएको भ्यालेन्सियालाई ३–० गोल अन्तरले पाखा लगायो । उसका लागि बोनी, मिच्यू र डि गुज्म्यानले समान १–१ गोल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us