अनेरास्ववियुका प्रतिनिधि छनौटमा विवाद

काठमाण्डु टुडे २०७० असोज ४ गते ५:१४ मा प्रकाशित

Annfsuकाठमाण्डु, ४ असोज – नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २१ औं राष्ट्रिय महाधिवेशनको शुक्रबारदेखि बन्दसत्र शुरु हुदैछ । प्रज्ञा भवन कमलादीमा हुने बन्दसत्रमा देशभरबाट आएका करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन् ।

बन्दसत्र नयाँ नेतृत्व चयन प्रकृयामा केन्द्रित हुने छ । ‘यसअघि दाङमा भएको सम्मेलनबाट विधान पारित भैसकेकाले अब सोही नयाँ विधानका आधारमा चुस्त र प्रभावकारी नेतृत्व चयन गर्न महाधिवेशन केन्द्रित हुन्छ,’ आयोजक कमिटीका संयोजक माधव ढुङ्गेलले भने ।

प्रतिनिधि छनौटमा विवाद

प्रतिनिधि छनौटमा विवाद भएपछि बन्दसत्र ढिला भएको छ  । खनाल र अाेली पक्षले अा-अाफ्ना पक्षका धेरैलाई सहभागी गराउन खाेजेपछि विवाद भएको हो । काठमाण्डु, बाँके, सुर्खेत, पर्सा लगायत जिल्लाका प्रतिनिधि चयनमा विवाद छ । अध्यक्ष मण्डलले प्रतिनिधि छनौटको गृहकार्य जारी राखेको छ ।

‘बन्दसत्रमा को–को सहभागी हुने भन्नेबारे केही जिल्लाको कुरा मिल्न बाँकी छ,’ सचिव पदकी दावेदार राधिका खतिवडाले भनिन्, ‘अरु लगभग मिलिसक्यो ।’ उनले प्रतिनिधि छनौटको काम सकिने वित्तिकै बन्दसत्र शुरु हुने बताइन् । बन्दसत्रले चुनावको कार्यतालिका तय गर्ने छ । अान्तरिक विवादले झण्डै ६ महिना पछि अायाेजित महाधिवेशनले २ बर्षे कार्यकालकालागि १ सय ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

अध्यक्षमा तीनजनाको दावी, लामाको समर्थन लम्साललाई

अनेरास्ववियुको अध्यक्ष पदमा तीनजनाको दावी छ । लक्ष्मण लम्साल, भीम राई र किशोर विक्रम मल्लले अध्यक्षमा दावी गरेका छन् । यसअघि अध्यक्षमा दावी गरेकी नविना लामा भने पछि हटेर लम्साललाई समर्थन गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us