
काभ्रे ३ असोज । नेकपा एमालेका नेता केपी शर्मा ओलीले चुनाव हुन नदिन एकीकृत नेकपा माओवादीले वैद्य माओवादीलाई उक्साएको आरोप लगाएका छन् । प्रेस चौतारी काभ्रेको छैठौं अधिवेशनलाई विहीबार बनेपामा उदघाटन गर्दै ओलीले भने, ‘माओवादीलाई उचालेर, सहानुभूति देखाएर आतंक मच्चाउन लगाउने एमाओवादी नै हो ।’
धुलिखेलमा माओवादी कार्यकर्ताले बसमा गरेको आगजनीलाई नेता ओलीले आतंककारीको संज्ञा दिए । ताम्सालिङ बन्दको क्रममा वैद्य माओवादीका कार्यकर्ताहरुले धुलीखेलमा यात्रु सहितको बसमा आगजनी गरेका थिए ।