
काठमाण्डु, ३ असोज– अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीको ह्याट्रिकसँगै बार्सिलोनाले च्याम्पियनस लिग फुटबलमा विजयी सुरुवात गरेको छ । विहीबार विहान सम्पन्न खेलमा बार्सिलोनाले अयाक्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा मेस्सीले २२, ५५ र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यससँगै मेस्सी च्याम्पिन्यस लिगमा सर्वाधिक ४ पटक ह्याट्रिक गर्ने फुटबलर बनेका छन् । बार्साका लागि अर्को गोल पिक्युले गरेका थिए ।
अर्को खेलमा आर्सनलले मार्सेली, बासेलले चेल्सी तथा नेपोलीले बोरुसिया डर्टमुण्डलाई समान २–१ गोल अन्तरले पराजित गरेका छन् । यस्तै एथलेटिको मड्रिडले जेनिट सेन्टलाई ३–१ ले पराजित गर्दा पोर्टोले ओस्ट भियनामाथि १–० को जित निकालेको छ । अर्को खेलमा सालकेले स्टेअउ बुचट्लाई ३–० ले हराएको छ ।