च्याम्पियन्स लिग फुटबलमा म्यान्युको जीत

काठमाण्डु टुडे २०७० असोज २ गते २:२२ मा प्रकाशित

Manchester-Unitedकाठमाण्डु, २ असोज – च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार विहान सम्पन्न खेलमा म्यानचेस्टर युनाईटेडले लेवाकुजनलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । म्यान्युका लागि वायने रुनीले खेलको २२ औं मिनेटमा गोल गर्र्दै अग्रता दिलाएका थिए । खेलको ५४ औं मिनेटमा रोल्फस्को गोलबाट लेवाकुजनले खेल बराबरीमा ल्याए पनि लगत्तै भानपर्सिको गोलबाट म्युन्युले २–१ को अग्रता कायम गर्‍यो ।

७० औं मिनेटमा रुनीले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ को अग्रता कायम गरे भने ७९ औं मिनेटमा म्यन्युका लागि वेलेसियाले चौथो गोल गरे । लेवाकुजानकालागि ८८ औं मिनेटमा टोपार्कले दोस्रो गोल गरे पनि जितका लागि प्रयाप्त भएन र म्यान्यु ४–२ ले विजयी भयो ।

यस्तै क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा रियल मड्रिडले गलाटासारेलाई ६–१ गोल अन्तरले पराजित गरेको छ । अर्को खेलमा वायर्न म्युनिखले सिएसकेए मास्को तथा म्यानचेस्टर सिटिले प्लेजानलाई ३–०ले हराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us