अष्ट्रेलियाले इंग्ल्याण्डलाई २–१ ले हरायो

काठमाण्डु टुडे २०७० असोज १ गते २:३६ मा प्रकाशित

167381काठमाण्डु, १ असोज–सेन वाट्सनको शतकको मदतमा पाँचौ एकदिवसीय क्रिकेट ४९ रनले जित्दै अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको पाँच एक दिवसीय श्रृखला २–१ ले जितेको छ । पहिले व्याटिङ गरेको अष्ट्रेलियाले अन्तिम ५ बल बाँकी छँदा सबै विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो । उसका लागि वाट्सनले १ सय ४३ रन बनाए भने माइकल क्यार्कले ७५ रनको योगदान दिए ।

जवाफमा मैदान उत्रिएको इंग्ल्याण्ड ४८ ओभरमा २ सय ४९ रन जोड्दा अलआउट भयो । उसका लागि रवी वोपाराले ६२ रन बनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us