एन्फाद्वारा राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान

काठमाण्डु टुडे २०७० भदौ ३१ गते ८:४८ मा प्रकाशित
काठमाण्डु, ३१ भदौ– अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फूटबल टोलीलाई नगद सहित सम्मान गरेको छ ।
saafसाफ च्याम्पियनसीप फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै एन्फाले जनही २ लाख ५० हजारसहित सम्मान गरेको हो । काठमाण्डुमा सोमबार भएको साफ फुटबलमा नेपाल सेमिफाईनलसम्म पुगेको थियो ।
साफ फूटबल ईतिहासमै उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बनेर सेमिफाइनल पुगेको थियो । समूह चरणमा बंगलादेशलाई २–०, भारतलाई २–१  ले हराउँदै पाकिस्तानसँग १–१ को बराबरी खेलेको नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग १–० ले पराजित भएको थियो ।  नेपालले सिनियर समूहमा भारतलाई २० वर्षपछि हराएर ऐतिहासिक जित हासिल गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us