के चाहन्छन् विप्लव ?

काठमाण्डु टुडे २०७० असोज २ गते १:०२ मा प्रकाशित

final cover samayabodhकाठमाडौं–माओवादीमा विप्लवको इतिहास त्यति धेरै लामो होइन । उनी विद्यार्थी राजनीतिबाट अगाडि आएका नेता हुन् । तर, अहिले उनी नेकपा–माओवादीको शीर्ष र निर्णायक नेताका रूपमा देखापरेका छन् । विद्यार्थी राजनीतिमा छँदै उनी उटपट्याङ स्वभावका थिए । काठमाडौंमा परेवा मारेर खान पाइँदैन तर उनले विद्यार्थी राजनीतिताका परेवा मारेर खाने, गाईको मासु खाने गर्थे । उनी स्वयम्ले त्यो सुनाउने गर्थे आफ्ना समकक्षीसँग । ‘त्यहीकारणले विद्यार्थी राजनीतिमा पनि नेतृत्वमै पुगे । पछि तत्कालीन चार समूहका बीचमा एकता भयो । त्यसपछि उनी राजनीतिको चर्चामा आउन थाले,’ पूर्वमाओवादी नेता तथा वाम विश्लेषक मुमाराम खनाल सम्झन्छन्, ‘उनलाई केन्द्रीय समितिमा ल्याउँदा नै अस्वाभाविक ढंगले तानिएको थियो, उनी उपाध्यक्षलाई पार्टीको केन्द्रीय समितिमा तानियो तर सोही संगठनको अध्यक्षलाई क्षेत्रीय ब्युरोमा मात्र लगियो ।’ उनको घर कपिलवस्तुको चन्द्रौटानजिकै शिवगढीमा छ । सो गाविसमा रोल्पा–रुकुमबाट आएका मानिस धेरै बस्छन् । उनीभन्दा पहिले उनका दाइ चन्द्रबहादुर चन्द गाविससचिवका रूपमा सरकारी जागिरमा थिए । ०४९ को स्थानीय निकाय निर्वाचनमा उनी गाविसअध्यक्ष पनि भएर काम गरे । त्यहीबेला विप्लवमा स्थानीय नेपाली कांग्रेसलगातका मान्छेविरुद्ध फौजी ढंगको कारबाही गर्नुपर्छ भन्ने सोच पलायो । विप्लव र उनीहरूका साथी वर्षमा ६ महिना जंगल बस्ने ६ महिना घरमा बस्नेजस्तै गर्थे । विप्लवलाई नजिकबाट जान्नेहरूका अनुसार जंगल गएर सिकार गर्थे विप्लव । सीमाक्षेत्र (कपिलवस्तु) भएकाले केही सामान ओसारपसार पनि गर्थे । उनको कतिपय प्रवृत्ति चे ग्वेभाराजस्तो, कतिपय झापा विद्रोहबाट वान युनिट वान स्वाक्याएर वान एक्सनबाट प्रभावित भएजस्तो त कतिपय टुपाकमारुबाट प्रभावित भएर राजनीतिमा आएजस्तो थियो । त्यकारण उनको स्वभाव भिन्नैप्रकारको थियो ।biplab 1 ०४९ मा माओवादीले जनयुद्ध तयारीजस्तो गयो । जनयुद्ध गर्नकै लागि पार्टी एकता भएको थियो । ०४९ मा पहिलो बैठक गोरखामा भयो । त्यो बैठकमा उनी विद्यार्थीबाट प्रतिनिधि परेर गएका थिए । त्यहीबेलादेखि नै उनले भुन्डझुन्डमा शक्ति हेरेर जता जाँदा आप्mनो भूमिका ठूलो हुन्छ उतै जाने गर्थे । चितवनमा सम्पन्न दोस्रो राष्ट्रिय बैठकमा पनि उनी विद्यार्थीबाटै सहभागी थिए । त्यतिखेर पनि सकारात्मक भूमिकाभन्दा पनि बिनबहादुर कुँवरहरूसँग मिल्ने र घुमन्ते तरिकाले रमाउने गर्थे, उनी । पछि पार्टीले फौजी ढंगको तयारी गर्ने भन्ने विषयमा किरण र विप्लवलगायतको समूहले तीव्र विरोध ग¥यो । नेपालमा यो सम्भव छैन, नेपालमा यो एकप्रकारको दुस्साहस हुन्छ भनेर विरोध गर्थे, उनले । ‘क्रान्तिकारीलाई साथ दिनेभन्दा पनि उनले आप्mनो छुट्टै प्रकारको पहिचान खोज्ने गर्थे,’ माओवादीका एक केन्द्रीय सदस्यले भने । ०५५ भदौ । माओवादीको चौथो विस्तारित बैठकमा तीन प्रश्न उठेका थिए । ती हुन्– नेतृत्वको केन्द्रकीरण, आधार इलाका निर्माण र जनयुद्धको मौलकता । त्यहाँ उनी पनि एकल नेतृत्वको पक्षमा थिए । आधार इलाका निर्माण विषयमा पनि चीनको तरिकाले गर्नुपर्छ, मौलिक हँुदैन भन्ने गर्थे । यस्तै बहसका बीचमा तीव्र अन्तरसंघर्ष बन्यो । त्यहाँ एकल नेतृत्वको प्रस्ताव पास नै भयो । खासगरी त्यो बेलाका हरेक बैठकमा जनयुद्धको मोडेलको विरोध गर्थे । ०५१ मा पाँच÷सातजना केन्द्रीय नेतालाई सांस्कृतिक रूपमा कारबाही भयो । माओवादी नेताहरूका अनुसार त्यो बेला विप्लवमा एउटा कुण्ठाजस्तो देखापरेको थियो । ‘किनभने दीर्घकालीन जनयुद्धको सेट उनलाई मन परिरहेको थिएन । हाटहुटी गर्ने दुई÷चार बन्दुक लिएर केही गरिहाल्ने भन्ने विरप्पन (भारतका जंगली डाँकु) स्वभाव थियो ।’

विप्लवका एक समकक्षी सुनाउँछन, ‘त्यतिबेला कारबाही परेका सबै मिलेर कि छुट्टै पार्टी बनाउने या मोहनविक्रमको पार्टीमा जाने सोच थियो । उनले मलाई अध्यक्षले नयाँ उत्तराधिकारीका रूपमा स्विकार्छन् किनभने मेरो वैयक्तिक तागत छ भन्ने सोच थियो ।’ उनी ०५० मा निष्क्रिय नै भएर बसेका थिए । ‘आफूले चाहेजस्तो भएन भने उनी निष्क्रिय भएर पनि बस्छन्,’ मुमाराम खनाल भन्छन्, ‘उनी जुझारु भौतिकवादी मान्छे हुन् तर माक्र्सवादी सैद्धान्तिक ज्ञान खासै राम्रो होइन । त्यसैले पनि उनी चित्त नबुभ्mदा निष्क्रिय भएर पनि बस्छन् ।’ पार्टीभित्र विभिन्न अन्तरसंघर्षका बीचबाटै ०५७ को दोस्रो राष्ट्रिय सम्मेलनमा तीन विषयमा बहस भयो । एउटा दक्षिण एसियाली फेडेरेसन, नेपाली क्रान्तिलाई अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधानसभाद्वारा नयाँ निष्कर्षमा पु¥याउनुपर्छ भन्ने र जनयुद्धभित्र जनविद्रोहको प्mयुजनको कुरा । त्यो विषयमा पनि विप्लवलगायतका नेताहरूको विरोध नै रहेको सहभागीहरू बताउँछन् । ‘त्यो गर्दा पार्टी दक्षिणपन्थी हुन्छ भन्ने सोच थियो । त्यसकारण उनीहरूले प्रचण्डपथलाई विशेष फोकससाथ उठाए । अध्यक्ष प्रचण्ड पनि कुन ठीक हो भन्ने भुमरीमा थिए,’ हाल प्रचण्डनिकट रहेका एक माओवादी नेताले विगतको अवस्था बताए । दोस्रो राष्ट्रिय सम्मेलनपछिको पहिलो केन्द्रीय समिति बैठकमा पनि उनको असन्तुष्टि देखिएको हो । त्यहाँ आठ केन्द्रीय सदस्यमध्ये चारजनालाई वैकल्पिक पोलिटव्युरोमा लगिएको थियो । त्यहाँ आफू नपरेपछि असन्तुष्टि जनाएका थिए । ०६० मा रोल्पाको दुम्ला भन्ने ठाउँमा भएको केन्द्रीय समिति बैठकमा २१आै शताब्दीको जनवाद भन्ने दस्तावेज पारित भयो । त्यसमा विप्लवले मौनसर्मथन गरे । जोडदार समर्थन गरेनन् । ०६१ मा दुई कार्यदिशा आए । एउटा लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा अगाडि बढाउने र अर्को यो दक्षिणपन्थी कदम हो भन्ने । बाबुराम भट्टराईले राखेको यो मतलाई नै प्रमुख बनाएर उनलाई कारबाही भयो । पछि राजा ज्ञानेन्द्रले  ‘कू’ गरिसकेपछि राजाकैविरुद्ध लड्नुपर्ने रहेछ भन्ने निष्कर्ष भयो र उनको कारबाही फुकुवा भयो ।

यही कारण चुनवाङ बैठक सम्भव भएको मानिन्छ, माओवादी इतिहासमा । योभन्दा अगाडि राजासँग मिल्नुपर्छ भन्ने रवीन्द्र श्रेष्ठ, विप्लवलगायत युवाको एउटा टिम थियो । ‘राजासँग सम्बन्ध कायम गरेर अगाडि जानुपर्छ भन्ने थियो । उनीहरूले त्यो डिजाइनमा अध्यक्ष प्रचण्डलाई समेत सामेल गराउन सफल भए । ०६० को वार्तामा आउँदा त्यही समूहले नक्कली चिट्ठी बनाएर ज्ञानेन्द्रलाई बुझाइसकेको रहेछ, संवैधानिक राजतन्त्र मान्छांै भनेर,’ माओवादी स्रोतको भनाइ छ । चुनवाङमा पनि विप्लवहरूको पूर्ण समर्थन थिएन । रवीन्द्रले त म चक्रव्यूहमा परें भनेर भाषण नै गरेका थिए । त्यतिबेला रवीन्द्र–विप्लवहरूको चाहना प्रचण्डले आफूहरूलाई उत्तराधिकारी घोषणा गर्नुपर्छ भन्ने थियो । चुनवाङले त्यो गरोस् भन्ने चाहना पनि थियो । ‘अध्यक्षले त्यही कुरा बुझेर अब उत्तराधिकारी होइन सबै एक–एक स्टेप तल झर्नुपर्छ भन्नुभयो । अध्यक्षले त्यो भनेपछि उनीहरूको चित्त नबुझे पनि पार्टीले निर्णय गरेपछि त्यसमा हिँड्नुप¥यो,’ माओवादी स्रोत भन्छ, ‘त्यतिबेलासम्म प्रचण्डको किचन क्याबिनेटजस्तो भूमिका थियो, त्यसपछि भने दूरी बढ्दै गयो । यसअघि अध्यक्षलाई बडीगार्डदेखि खानपानको बन्दोबस्तीसम्म उनीहरू नै गर्थे ।’ ०५८ देखि ०६० को सेरोफेरोमा केही समय मूल नेतृत्व नहँुदा कतिपय यहाँका युवा युद्धसरदारवादी ढंगले अगाडि बढेका विश्लेषक मुमाराम खनाल बताउँछन् । ‘त्यसमा उनी पनि थिए । प्रचण्डको स्कुलिङ नै महत्वकांक्षा जन्माइदिने भएकाले उनको पनि बढी महत्वाकांक्षा हुनु स्वाभाविक हो,’ खनाल भन्छन्, ‘आप्mनो अनुकूलता बनाउन जस्तोसुकै संगठन बनाउन पनि पछि पर्दैन । अब पनि विद्रोह र जनयुद्ध भन्नु लफ्फाजी मात्र हो, निरपेक्ष विद्रोह भन्ने संसारमा केही पनि हँुदैन । सुधार र क्रान्तिको द्वन्द्वात्मक सम्बन्ध हुन्छ ।’ १२ बुँदे हुँदै शान्तिप्रक्रिया सुरु भयो, विप्लव भने त्यहींबाट छाडिए । शान्तिसम्झौतापछि अरू सबै काठमाडौं आए, कोही मन्त्री भए, कोही इन्चार्ज भए तर उनी पछि छाडिँदै गए ।

त्यसपछि किरण जेलबाट छुटे । अनि विप्लवले साथ पाए । अब सशक्त विरोध गरेर जानुपर्छ भनेर लाग्न थाले, उनी । किरणले चितवन बैठकमा ‘मेरो शान्तिप्रक्रियामा रिजर्भेसन छ’ भनेपछि पार्टीभित्र पार्टी, संगठनभित्र संगठन बनाउने काम तीव्र बन्दै गएको थियो । बालाजु बैठकमा यो धारको सशक्त उपस्थिति रह्यो । जनमुक्ति सेनालगायतको सेन्टिमेन्ट समात्न पुगे उनीहरूले । विद्रोहको लाइन संस्थापनले छाड्यो भन्दै गए । त्यसमा नेतृत्वको पनि स्पष्ट भूमिका भएन, अन्योलमै अगाडि बढ्यो माओवादी राजनीति । खरिपाटीमा पनि यो समूह हाबी भयो । त्यतिखेर बादल बीचमा बस्दा उनीहरूको बहुमत पुग्न पाएन । विद्रोह गर्ने भन्नेहरूको बहुमत पुग्न खोजे पछि अध्यक्ष प्रचण्डले एकताकेन्द्र मशालसँग पार्टी एकता भयो । त्यसपछि तीन महिना बैठक भयो । ‘त्यसमा उनीहरू विभिन्न पन्थीको नाममा खेल्ने मौका पाए । विभिन्न गुट, उपगुट बनाउन थाले,’ माओवादीका एक युवा नेताले सुनाए, ‘सानो व्यक्तिगत इखबाट सुरु भएको विषयवस्तुले ठूलो राजनीतिक रूप लिन थाल्यो । पछि अध्यक्षविरुद्ध जे हुन्छ त्यही गर्दागर्दा पालुङटार बैठक आयो । पालुङटारमा पनि आप्mनो उपस्थिति जनाए ।’ पालुङटारपछि पनि संगठनमा समस्या जहाँको त्यहीं थिए । त्यसपछि विचार नमिले पनि बावुराम र किरण समूहको छुट्टै बैठक धोबीघाटमा भयो । त्यो माओवादीभित्र ‘धोबीघाट प्रकरण’ले चर्चित छ । त्यो पनि अध्यक्ष प्रचण्डलाई हटाउने नियतमा रहेको आरोप लाग्ने गरेको छ । धोबीघाटका मुख्य सूत्राधार पनि विप्लव नै हुन्, उनकै योजनामा सो बैठक सम्पन्न भएको थियो । माओवादी नेता डोरप्रसाद उपाध्याय ‘निर्मलकुमार’को बुझाइ छ, ‘विप्लवले समग्रलाई गतिशीलमा बुभ्mने, माक्र्सवादको विकास हुन्छ भन्ने कुरा बुझेनन् । उनमा माक्र्सवादको रक्षा मात्र गनुपर्छ भन्ने सोच देखियो । यसलाई हामीले जडसूत्रवाद भनेर बुझेका छौं । यो जडसूत्रीय संशोधनवाद हो ।’ निर्मलकुमारले थपे, ‘विज्ञानको विकासलाई रोक्न खोज्ने प्रवृत्ति हाबी छ । वैयक्तिक तागतले दुनियाँ चलाउन सकिन्छ भन्ने सोच छ । अमाक्र्सवादी कुरा गर्ने घुमन्ते विद्रोहीको भूमिका निर्वाह गर्दै आएका छन् ।’

विप्लवको सांगठनिक शक्ति

नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीभित्र आफूलाई एउटा शक्तिकेन्द्रका रूपमा उभ्याउन चाहन्छन् । अध्यक्ष किरणले संस्थापनपक्षको लाइनको नेतृत्व गरेको र आफूले फरकमतको नेतृत्व गरेको बुझाइ राख्ने उनले अन्य नेतालाई त्यति धेरै महत्व दिँदैनन् । पार्टीमा किरण र आफू मात्र नेतृत्वको अंग भएको उनको बुझाइ रहेको पार्टीभित्रै समेत छलफलको विषय बन्ने गरेको छ । तर, सांगठनिक रूपमा उनी सोचेजस्तो बलिया छैनन् । पार्टीको पदाधिकारीमा उनी एक्ला हुन् । अध्यक्ष किरण, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा ‘बादल’ र सचिव देव गुरुङ किरणको पक्षमा छन् भने उनी एक्लै छन् । पोलिटव्युरोमा पनि उनी अल्पमतमा छन् । उनको केन्द्रीय समितिमा अलि बढी बलियो पकड छ । जनवर्गीय संगठनमा राम्रो पकड छ । विद्यार्थी संगठन अध्यक्ष शरद रसाइली र महासचिव कमल शाही उनकै पक्षमा छन् । मजदुर संगठनका संयोजक रामदीप आचार्यको पनि उनलाई नै समर्थन छ । उता, जनस्वयम्सेवक व्युरोका उदय चलाउने पनि उनकै खास मान्छे हुन् । महिला संगठनकी जयपुरी घर्ती, किसान संगठनका नन्दबहादुर बुढा उनकै पक्षमा छन् । मगर मोर्चाका सन्तोष बुढामगर, दलित मोर्चाका तिलक परियार, पत्रकार कुमार शाह, सांस्कृतिक मोर्चा माइला लामा, कर्मचारी संगठन महादीप पोखरेलले विप्लवलाई सहयोग गरेका छन् । अहिलेसम्म आर्थिक विवादमा नतानिएका उनीसँग सबैभन्दा ठूलो शक्ति कार्यकर्तासँगको राम्रो सम्बन्ध नै हो । सामान्य तरिकाले बस्दै आएका उनी कार्यकर्ता भेटघाटमा समेत धेरै समय खर्च गर्छन् ।Netra-Bikram-Chand

विप्लवको पछिल्लो भूमिका धोबीघाट बैठक : विप्लव मुख्य योजनाकारका रूपमा देखापरे । यसको उद्देश्य अध्यक्ष प्रचण्डलाई सांगठनिक रूपमा एक्ल्याउने थियो । आफूहरूको बहुमत पु¥याएर प्रचण्डलाई अध्यक्षबाट हटाउनेसम्मको योजनामा यो बैठक डाकिएको थियो । जसलाई बावुराम भट्टराईदेखि नारायणकाजी श्रेष्ठसम्मले समर्थन गरेका थिए । धोबीघाट बैठकमा सात नेताको हस्ताक्षरमा एउटा प्रतिबद्धतापत्र नै सार्वजनिक गरियो । घुँडा टेकेर बल्लबल्ल रामबहादुर थापा ‘बादल’ पनि यो बैठकमा सहभागी बन्न गए ।

अनमोल पार्टी प्लालेस भेला: पार्टी विभाजन हुनुपूर्व अनमोल पार्टी प्यालेसमा भेला भयो । देशभरिका कार्यकर्ता जम्मा भएको भेलामा अब सशस्त्र ढंगले जानुपर्छ भन्ने कुरा राखे । बाबुराम–प्रचण्डले भारतसँग घुँडा टेकिसके । अब उनीहरूबाट क्रान्तिको आस गर्न सकिँदैन । तत्काल नयाँ पार्टी बनाएर अघि बढ्नुपर्छ । नयाँ पार्टी बनाउन हामी सबै लागौं भन्ने विप्लवको योजना आयो ।

बौद्ध भेला: पार्टी गठनका लागि भएको भेलामा उनी बोल्न पाएनन् । तर, नयाँ पार्टी गठनका लागि धरातल तयार भइसकेकाले कार्यकर्ताले उनको चाहनाअनुसार बोले । क्रान्तिको मात्र कुरा गरेर नयाँ पार्टी गठन भयो । किरणदेखि सीपी गजुरेल र रामबहादुर थापा ‘बादल’ले निकै गाली गरे प्रचण्ड र बावुरामलाई ।

महाधिवेशन: गत पुसमा भएको महाधिवेशनमा विप्लवले जनविद्रोह होइन, अव दीर्घकालीन जनयुद्धमा जानुपर्छ । त्यसका लागि आधार बनाउनुपर्छ भन्ने मत राखे । दीर्घकालीन जनयुद्धमा जानुपर्छ भन्ने मतमा उनलाई सहभागीबाट साथ भए पनि शीर्ष नेताहरूले स्विकारेनन् । अन्ततः यसले जनयुद्धको जगमा जनविद्रोह भन्ने कार्यदिशा पारित ग¥यो ।

पोखरा बैठक: विप्लवले सैन्य दस्तावेज प्रस्तुत गरे । जसमा सेना बनाउन थालिहाल्नुपर्छ । छरिएका हतियार पनि एकैठाउँमा राख्नुपर्छ । वैद्यले चुनवाङ बैठक नै गलत भनिरहँदा उनले चुनवाङ गलत होइन, शान्तिसम्झौतासम्म ठीक छ । तर, त्यसको उल्लंघन कांग्रेस, एमालेले गरे त्यसकारण अहिलेको अवस्था जनयुद्ध जारी भएको र युद्धविरामको अवस्था हो । अब नयाँ सेना बनाएर यो युद्धविराम भंग गर्नुपर्छ भन्ने संश्लेषण गरे । तर, त्यहाँ पनि उनी बहुमतको अवस्थामा देखिएनन् । अन्त्यमा आफूहरू हाबी हँुदा जनविद्रोह गर्ने, सन्तुलित अवस्थामा सम्झौता अथवा गोलमेच सम्मेलनमार्फत आप्mना एजेन्डा अगाडि सार्ने र आफूहरू रक्षात्मक हुँदा जनयुद्धमा गइहाल्ने भन्ने दस्तावेज पारित भयो ।

पछिल्ला बैठकहरूमा : गोलमेच गर्नुपर्छ तर संविधानसभा निर्वाचनका लागि नभएर संविधानका अन्तरवस्तु र राज्य पुनःसंरचनाको विषयमा मात्र । संबिधानसभा निर्वाचनमा गए पार्टी फुटको औचित्य हुँदैन । यदि संविधानसभा निर्वाचनमै जाने हो भने बरु पार्टी एकता गरेर जाआंै भन्ने मत राख्न थाले ।

चीन भ्रमण : उनी पार्टी विभाजन हुनुभन्दा केही दिन महेश्वर दाहाललाई बोकेर चीन भ्रमणमा गए । त्यसपछि उनले लगातार चीन भ्रमण गरेका छन् । पछिल्लोपटक भदौ दोस्रो साता उनी अचानक चीन भ्रमणमा गए । त्यो भ्रमणका बेला चीनले पार्टी एकता गर्न, निर्वाचनमा भाग लिन दबाब दियो, तत्काल सशस्त्र युद्धमा नजान पनि सुझाव दियो । यसकारण नया पार्टी : विप्लव नयाँ पार्टी बनाउँदा पनि विप्लवका आफ्नै तर्क थिए । उनले राज्यलाई हेर्ने दृष्टिकोण, राजनीतिक कार्यदिशा, जीवनपद्धति र वर्गदृष्टिकोण र प्रधान अन्तरविरोधमा फरक पर्न गएर पार्टी विभाजन भएको बताउँदै आएका छन् । पार्टी फुटको औचित्य उनकै शब्दमा ।

राज्यलाई हेर्ने दृष्टिकोण: पार्टीभित्र नेताहरूबीच राज्यसत्ता र राजनीतिक क्रान्तिलाई हेर्ने दृष्टिकोणमा अन्तर पर्न गयो ।

राजनीतिक कार्यदिशा पार्टीमा क्रान्तिका लागि आवश्यक पर्ने राजनीतिक कार्यदिशालाई हेर्ने दृष्टिमा अन्तर पर्न गयोे ।

जीवनपद्धति पार्टीका नेता र कार्यकर्ताले संगठित गर्ने र व्यतीत गर्ने जीवनपद्धतिमा फरक–फरक हुँदै गयो ।

वर्गदृष्टिकोण सत्ता, क्रान्ति र राज्यको केन्द्रबिन्दुमा कुन वर्गलाई राख्ने भन्ने वर्गदृष्टिकोणमा अन्तर पर्दै गयो ।

प्रधान अन्तरविरोध जनता र राज्यबीचमा कस्तोखालको अन्तरविरोध छ र त्यो अन्तरविरोध समाधान कसरी गर्ने भन्ने मामिलासँग सम्बन्धित अन्तरविरोधलाई मुख्यतः प्रधान अन्तरविरोध छुटउनेमा फरक प¥यो ।

असोज–१ बाट बजारमा आउने समयबोध मासिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us