साउथ ह्याम्टन र वेस्ट ह्यामबीचको खेल बराबरीमा

काठमाण्डु टुडे २०७० भदौ ३१ गते २:०८ मा प्रकाशित

Premier-Leagueइङ्लिस प्रमियर लिग अन्तरगत आईतबार राती भएको साउथ ह्याम्टन र वेस्ट ह्यामबीचको खेल बराबरीमा टुङ्गिएको छ । वेस्ट ह्यामाका गोलकिपर जुसी ज्यासकलेनेनले वेस्ट ह्यामको लगातार प्रहारको उत्कृष्ट बचाव गर्दै खेल बारबरी रोक्न मदत गरे ।

३८ वर्षिय फिनल्याण्डको राष्ट्रिय टोलीका गोलकिपर ज्यासकलेनेले दानी ओस्भालादो, मोर्गन सन्डरलिन र रिकी लाम्बर्टको तीन उत्कृष्ट प्रहारको उत्कृत बचाउ गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण एक अंक दिलाए । बराबरीसँग वेस्ट ह्याम लिग तालिकाको दशौ स्थानमा उत्रिएको छ भने साउथ ह्याम्टन ११ औं स्थानमा छ ।

जारी लिगको चौथो लेग अन्तरगतको अन्तिम खेल सोमबार राती लिभर पुल र स्वानसी सिटिबीच हुँदैछ । आफुले खेलेका सूरुवाती तीनै खेल जितेर सिजनको उत्कृष्ट सुरुवात गरेको लिभर पुलले चौथो खेलमा पनि जीत हाँसिल गर्ने अनुमान गरिएको छ । जीत हासिल गरे लिभर पुल जारी लिगमा आफ्ना चारै खेल जित्ने एक मात्र टोली हुने छ । बाँकी टोली भन्दा एक खेल कम खेलेको लिभरपुल लिगको तेस्रो स्थानमा छ । सोमबार रातिको खेलमा जीत हासिल गरे लिभर पुल महत्वपुर्ण वढतका साथ लिग तालिकाको शीर्ष स्थानमा उक्लिने छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us