रियल मेड्रिड र भेलारियलको खेल बरावरीमा टुंगियो

काठमाण्डु टुडे २०७० भदौ ३० गते १०:३९ मा प्रकाशित

विश्व किर्तिमान कायम गर्दै अहिले सम्मकै सर्वाधि महंगो खेलाडीको रुपमा रियल म्याड्रिड भित्रिएका गार्थ बेयलले क्लबबाट खेलिएको आप्mनो पहिलो खेलमा गोल गरेका छन् । 
रियलबाट डेब्यु गर्दै भिल्लारियल विरुद्ध मैदानमा उत्रिएका वेल्सका खेलाडी बेयलको गोलको मदतले रियल मेड्रिड र भेलारियलबीचको खेल दूई–दुईको बराबरीमा टुङ्गिएको छ । विश्व रेकर्ड कायम गर्दै ८५ दशमल ३ मिलियन बेलायती पाउण्डमा रियल पुगेका बेयल आप्mनो पहिलो खेलमा ६२ मिनेट मैदानमा रहेका थिए ।
भिल्ला रियलको मैदानमा खेलिएको खेलमा भिल्लारियलले लिएको शुरुवाती अग्रतालाई ३८ औं मिनेटमा गोल गर्दै बेयलले बराबरीमा ल्याएका थिए । रियलकालागि यस अघि सर्वाधिक महंगा खेलाडीमा दरिएका क्रिष्टियानो रोनाल्डोले दोस्रो गोल गर्दै खेलमा दिलाएको अग्रता ७० औ मिनेटमा भिल्ला रियलले फेरि बराबरीमा ल्याएको थियो ।
गत हप्ता मंगलबार सर्वियालाई शुन्यका विरुद्ध ३ गोले पराजित गर्दा खेलको क्रममा घाईते भएका बेयलले त्यस यता पुरा खेल खेल्न सकेका छैनन् । २४ वर्षिय बेल टोटेनह्यामबाट रियल पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us