आर्सनल, एभर्टन र टोटनहाम विजयी

काठमाण्डु टुडे २०७० भदौ ३० गते ५:५४ मा प्रकाशित

English-Premier-Leagueकाठमाण्डु, ३० भदौ– इङ्लिस प्रीमियर लीग फुटबल अन्तर्गत शनिबार रातीको खेलमा आर्सनलले सन्डरल्याण्डलाई हराएको छ । आर्सनलले सन्डरल्याण्डलाई ३–१ ले हराएको हो । आर्सलनको जीतमा आरोन रामोशले दुई तथा ओलिभरले एक गोल गरे ।

यस्तै फुलहाम र वेष्टव्रोम तथा हलसीटी र कार्डिफले एक–एकको बराबरी खेल्दा एस्टन भिल्ला भने न्यूकासलसँग २–१ ले पराजित भएको छ । गएराती नै भएको अर्को टोटनहामले नर्विच सीटीलाई २–० ले हरायो भने चेल्सी एभर्टनसँग १–० ले पराजित भएको छ ।

यसैगरी म्यानचेष्टर सीटी र स्टोक सीटीले गोलरहित बराबरी खेलेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us