काठमाण्डु–दोलखा दौड शुरु

काठमाण्डु टुडे २०७० भदौ २९ गते ९:३३ मा प्रकाशित

Ram-Sundar-karkiकाठमाण्डु, २९ भदौ । धावक रामसुन्दर कार्कीले काठमाण्डुबाट दोलखासम्मको दौड शनिबारदेखि शुरु गरेका छन् । ललितपुरको गोदामचौर गाविस ४, गोदावरी निवासी कार्कीले काठमाण्डुको चुच्चेपाटीस्थित केएल टावरबाट दौड प्रारम्भ गरेका हुन् ।

चुच्चेपाटीबाट जावलाखेलस्थित बालमन्दिर पुगेका उनले त्यहाँबाट कोटेश्वर, भक्तपुर, काभ्रे, पाँचखाल, सिन्धुपाल्चोक हुँदै खाडीचौरमा पुगेर पहिलो दिनको दौड टुङ्ग्याउने कार्यक्रम छ । दोस्रो तथा अन्तिम दिन भदौ ३० मा खाडीचौरबाट दौड शुरु गरी मुडे, खरिढुङ्गा, मकैबारी, चरिकोट, भीमसेन मन्दिरमा पूजा गरी पुनः चरिकोट बजारमा आएर दौड टुङ्ग्याउने कार्कीले बताए ।

‘बालबालिकाको कुरा सुनौं, बाल दुव्र्यवहार अन्त्य गरौं’ भन्ने यसबर्षको बाल दिवसको नारालाई सबैले आत्मसात् गरुन् भन्ने सन्देश प्रवाह गर्न दौड शुरु गरेको कार्कीले जानकारी दिए । दौडको मुख्य प्रायोजक केएल टावर हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us