शाङहाइ सहयोग संगठनको विकास प्रतिवेदन सार्वजनिक

काठमाण्डु टुडे २०७० भदौ २८ गते ७:२० मा प्रकाशित

शाङ हाइ सहयोग संगठनको शिखर सम्मेलन सुरु हुन लागेको अवसरमा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानले हालै “मध्ये- एशिया मुलुक विकास प्रतिवेदन” र “शाङहाइ सहयोग संगठन विकास प्रतिवेदन 2013” सार्वजनिक गरेको छ। चीन र मध्य-पूर्वी एशियाका चार मुलुक सबै शाङहाइ सहयोग संगठनका सदस्य रहेकाले भविष्यमा शाङहाइ सहयोग संगठनको प्रारुपमा सहयोग विस्तार हुँदैजानेछ।

“शाङ हाइ सहयोग संगठन विकास प्रतिवेदन 2013” का अनुसार, अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण भूमिका निर्वाह गरेको शाङहाइ सहयोग संगठनले मध्ये-एशिया क्षेत्रको विकासलाई बढाएको छ । साथै यसले द्विपक्षीय तथा बहु-पक्षीय सहयोग बढाउनका लागि नयाँ विचार दिएको छ। शाङहाइ सहयोग संगठनका महासचिव सोन च्वाङ चले शाङहाइ सहयोग संगठन नै मध्ये-एशियाली क्षेत्रको स्थिरता र विकासको संरक्षण गर्ने एउटा निकै महत्वपूर्ण शक्ति बनेको कुरा व्यक्त गरे।

हाल शाङहाइ सहयोग संगठन एउटा प्रभावकारी नयाँ क्षेत्रीय सहयोगी प्रणाली हो, सदस्य मुलुकहरुको आर्थिक विकास बढाउने र क्षेत्रीय स्थिरता तथा सुरक्षाको संरक्षण गर्ने असल भूमिका पनि यसले निर्वाह गरेको छ, विशेष गरी मध्य-एशियाली मुलुकका लागि यो निकै महत्वपूर्ण छ, अन्तर्राष्ट्रिय अपराधलाई नियन्त्रण गर्न र आपसी आदान-प्रदान बढाउन व्यवहारिक कदम चालेको छ।

सन् 2001 मा शाङहाइ सहयोग संगठन औपचारिक रुपमा स्थापना भएको हो। चीन, रुस, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान जस्ता मुलुक यसमा आवद्ध छन्। शाङहाइ सहयोग संगठनले दोस्रो दशकमा प्रवेश गरिसकेको छ। चीन र मध्ये-एशियाली क्षेत्रबीच सहयोग तथा आदान-प्रदान गर्ने पुलको रुपमा रहेको शाङ हाइ सहयोग संगठनले द्वीपक्षीय आर्थिक सहयोग र क्षेत्रीय सुरक्षालाई बढाएर ठूलो उपलब्धि हासिल गरी अझै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

“शाङहाइ सहयोग संगठन विकास प्रतिवेदन 2013” का अनुसार, शाङहाइ सहयोग संगठन स्थापना भएयता ठूलो उपलब्धि हासिल भएको छ । विशेष गरी आर्थिक विकासका क्षेत्रमा यसले अन्तर्राष्ट्रियस्तरबाट व्यापक प्रशंसा पाएको छ।

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत रुस, पूर्वी युरोप, मध्य-पूर्वी एशिया अध्ययन केन्द्रका उप-प्रमुख एवम “मध्ये एशिया मुलुक विकास प्रतिवेदन 2013″का प्रमुख सम्पादक सोन लिका अनुसार, अन्तर्राष्ट्रिय बैङ्किङ संकटको स्थितिमा शाङहाइ सहयोग संगठनले नयाँ चुनौतिको डटेर सामना गर्छ। ‘फलस्वरुप सदस्य मुलुकको आर्थिक अवस्था स्थिर बृद्धि भएको छ भने पश्चिमी मुलुकमा आर्थिक मन्दीले निकै असर पुर्‍याएको छ। त्यसको लागि चीनले मुख्य भूमिका निर्वाह गरेको छ’सोन लिले भने ।

शाङहाइ सहयोग संगठनले मध्य- एशियाली क्षेत्रको आर्थिक सहयोग, चीन, रुस तथा मध्य-पूर्वी एशियाली मुलुकबीचको आर्थिक तथा व्यापारिक क्षेत्रीय सहयोगलाई बढाउनका लागि निकै महत्वपूर्ण भूमिका निर्वाहा गरेको छ। सन् 2012 मा चीन र मध्य-एशियाबीचको सहयोग मात्रा चालीस अर्ब अमेरिकी डलर पुगेको थियो। चालु वर्ष राष्ट्राध्यक्ष सी चिन फिङले उज्वेकिस्तानको भ्रमण गर्दा दुई देशका नेताले संयुक्त रुपमा सन् 2017 दुई देशको व्यापारिक मात्रा पाँच अर्ब अमेरिकी डलर पुर्‍याउने घोषणा गरे।

यसअघि चीन र कजाकिस्तानका नेताले सन् 2015 दुई देशबीचको सहयोगी मात्रा चालीस अर्ब अमेरिकी डलर पुग्ने घोषणा गरेका थिए । हस्ताक्षर भएका विभिन्न सन्धि र सम्झौतालाई अध्ययन गर्दा सन् 2015 पछि चीन र मध्ये-पूर्वी एशियाबीचको व्यावारिक मात्रा साट्ठी अर्ब अमेरिकी डलरभन्दा बढी पुग्नेछ। त्यसैले चीन र मध्य-पूर्वी एशियाबीचको आर्थिक तथा व्यापारिक सहयोग अझै गहिरो हुनेछ। मध्य-एशियाली क्षेत्रको विकास र समृद्धिलाई बढाउनका लागि शाङहाइ सहयोग संगठनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ साथै चीनले पनि महत्वपूर्ण निर्वाह गरेको छ।

सोन च्वाङ चको विचारमा, आगामी चरण शाङ हाइ सहयोग संगठन सदस्य मुलुकले आर्थिक सहयोग क्षेत्रमा केही व्यावहारिक कदम चालेर मुख्य क्षेत्र तथा परियोजनाको सहयोगलाई बढाएर राजनीतिक तथा आर्थिक स्थिर विकासको राम्रो प्रवृत्ति कायम राख्नुपर्नेछ। सिआरआइ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us