वर्षाका कारण क्रिकेट प्रभावित

काठमाण्डु टुडे २०७० भदौ २७ गते ४:४० मा प्रकाशित

ईग्ल्याण्ड र अष्ट्रेलिया बीचको तेस्रो एकदिवशिय क्रिकेट वर्षाका कारण प्रभावित भएको छ । गएराती अबेरसम्म बर्मिङ्घममा पानी परेपछि तेस्रो एकदिवसीय क्रिकेट प्रभावित भएको हो । टस हारेर पहिले व्याटिङ्ग थालेको ईग्ल्याण्डले १५ दशमलब १ ओभरमा ३ विकेटको क्षतिमा ५९ रन बनाएको अवस्थामा पानी परेपछि खेल स्थगित भएको हो । यसअघि पहिलो एक दिवसीय क्रिकेट पनि पानी परेपछि स्थगित भएको थियो । दोस्रो एकदिवसीय भने अष्ट्रेलियाले जितेको थियो । चौथो एकदिवसीय क्रिकेट पर्सि कार्डिफमा हुनेछ । पाँच म्याचको श्रृंखलामा पाहुना टोली अष्ट्रेलिया एक सून्यले अघि छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us