एउटा मुद्दाको १० लाख लिने शम्भु थापाको आम्दानी आठ हजार !

काठमाण्डु टुडे २०७० भदौ २७ गते ५:२३ मा प्रकाशित

Shambhu-Thapaकाठमाण्डु, २७ भदौ–एउटै मुद्दाको दश लाख भन्दा बढी लिने बरिष्ठ अधिवक्ता शम्भु थापाले बर्षमा एकलाख मात्रै आम्दानी देखाएर देशलाई ठग्दै आएको खुलासा भएको छ । महिनाको करिब आठ हजार मात्र आम्दानी देखाउने थापाले काठमाण्डुका तीन ठाउँमा महल र ठाउँ ठाउँमा जग्गा जोडेका छन् । उनी ६० लाख र १ करोड मूल्य पर्ने दुईवटा कार चढ्छन् ।

नेपाल बार एसोसिएसनको अध्यक्ष बनेर ०६२/६३ को आन्दोलनमा सक्रिय भएका थापाले आन्दोलन सफल भएपछि राज्यलाई एक पैसा पनि आयकर तिरेका छैनन् । तर, त्यसअघि करिब ६ बर्र्ष उनले बर्षमा एकदेखि तीन लाखसम्म आम्दानी भएको भन्दै राजश्व छल्दै आएका थिए । तर, राजश्व अनुसन्धान विभागले उनको ल फर्ममा छापा मारेपछि गत आइतबार सर्बोच्च अदालत पुगेका थापाले अहिलेसम्मको सम्पूर्ण कर तिरेको दावी गरेका छन् । अब उनले राजस्व छलेको विषयमा मात्र होइन, अदालतलाई ढाँटेको विषयमा पनि उनीमाथि कारबाही हुनुपर्ने माग उठेको छ ।

राजस्वका कर्मचारीको अनुमानमा अहिलेसम्म ६० करोडको कारोबार गरेका थापाले आयकरबापत जम्मा दुई लाख नौं हजार चार सय नौं रुपैयाँ मात्रै तिरेका छन् । आर्थिक बर्ष ०६२/६३ पछि थापाले कर कार्यालयमा आय विवरणसमेत बुझाएका छैनन् ।

थपाले ०५७/५८ मा आम्दानी एक लाख मात्र देखाएर दुई हजार मात्र आयकर तिरेका थिए । त्यस्तै ०५८/५९ मा दुई लाख ५३ हजार आय देखाएर ३४ हजार, त्यसको अर्को दुई बर्ष दुई लाख ६७ हजार आम्दानी देखाएर ४२ हजार राजस्व तिरेका छन् । – नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us