राफेल नाडालले उपाधि जिते

काठमाण्डु टुडे २०७० भदौ २५ गते ३:१७ मा प्रकाशित

स्पेनी खेलाडी राफेल नाडालले युएस ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि जितेका छन् । फाइनलमा दोस्रो वरियताका नाडालले पहिलो वरियताका सर्वियन नोभाक जोकोभिचलाई पराजित गर्दैं दोस्रो पटक यूएस ओपन टेनिसको उपाधी जितेका हुन । नाडालले ३ घण्टा २१ मिनेट लगाएर जोकोभिचलाई ६–२, ३–६, ६–४ र ६–१ ले पाखा लगाएका हुन । जीतसंगै नाडालको ग्राण्डस्लाम उपाधि संख्या १३ पुगेको छ । महिला एकलतर्फको उपाधि भने सोमबार अमेरीकी सेरेना विलियम्सले जितेकी थिईन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us