एकै परिवारका चार जना एमालेमा सिफारिस

काठमाण्डु टुडे २०७० भदौ २५ गते १६:१२ मा प्रकाशित

Shankarकाठमाण्डु २५ भदौ–नेकपा एमालेमा संबिधानसभा सदस्यका लागि एउटै परिवारका चार जना उम्मेदवार सिफारिस भएका छन । एमाले मुख्यालयमा प्राप्त भएका दुई हजार एक सय ३७ जनाको सूचीमा सचिव शंकर पोखरेलको परिवारका चार जना नाम भेटिएको हो । 
उनीहरु सबै गृहजिल्ला दाङबाट सिफारिस भएका हुन । अन्नपूर्णपोष्टमा बालकुमार नेपालले लेखेको समाचार अनुसार दाङ क्षेत्र नम्बर ४ बाट सचिव पोखरेलको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ भने पोखरेलकी पत्नी सुजाता शाक्य,दाजु देवी पोखरेल र बहिनी मेनका पोखरेल दाङबाट नै समानुपातिक तर्फबाट सिफारिस भएका छन । करीव एक दर्जन एमालेका उम्मेदवार करोडपति रहेको पनि सो समाचारमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us