रहेनन् वरिष्ठ गायक फत्तेमान

काठमाण्डु टुडे २०७० भदौ २५ गते ०:४८ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– वरिष्ठ गायक फत्तेमान राजभण्डारीको ७७ वर्षको उमेरमा निधन भएको छ ।
fattemanफोक्सोको क्यान्सरबाट पीडित उनको काठमाडौँको ओम नर्सिङ होममा उपचारका क्रममा गएराति निधन भएको हो । राजभण्डारीको जन्म विक्रम सम्वत् १९९३ साल मंसिर १३ गते काठमाण्डुमा भएको थियो । लामो समय नेपाली गीत संगितको क्षेत्रमा योगदान दिएका उनका रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो, मर्न बरु गाह्रो हुन्न, यस्तो पनि हुँदोरैछ जिन्दगीमा कहिलेकहिले, सान्नानीको गालैमा कालो कोठी रैछ, बनै खायो डँढेलोले लगायत चार सयभन्दा बढी गीत र भजन छन् ।

उनको आजै पशुपति आर्यघाटमा परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us