बिश्वलाई दीगो बिकासको सन्देश चीनबाट

काठमाण्डु टुडे २०७० भदौ २४ गते १८:२१ मा प्रकाशित

liचिनिया प्रधानमन्त्री ली खछयाङले बिश्वलाई दीगो बिकासको सन्देश चीनबाट दिने बताएका छन । एशियाली मुलुकले विगतको पाठ सिकेर जोखिम न्यूनीकरणका क्षमता बृद्धि गर्नु पर्ने उनले बताए । 
वेलायती पत्रिका फाइनान्सियल टाइम्समा मंगलवार प्रकाशित प्रधानमन्त्री खछयाङको लेखमा चीन दीर्घकालीन र स्वस्थ आर्थिक बिकास कायम राख्नुका साथै सुधार र खुलापनको बाटोमा अडिग रहने स्पष्ट पारिएको छ । पाँच बर्ष यताको अन्तराष्ट्रिय बित्तिय संकट क्रमश सुधार भइरहेता पनि नयाँ चुनौती बिभिन्न मुलुकमा देखिएको सो लेखमा उल्लेख छ । चीनलाई अझै पनि बिकासोन्मुख मुलुकको रुपमा चित्रण गर्दै उनले चीनका सामू धेरै अवसर र चुनौती रहेको बताएका छन । उनले लेखेका छन ‘चीनले आफनो बिकास गर्दा अन्तराष्ट्रिय मामिलामा अझै बढी जिम्मेवारी बहन गर्नेछ र बिभिन्न मुलुकसँग मिलेर बिश्वको शान्ति र बिकासलाई बढावा दिनेछ ।’ प्रधानमन्त्री ली खछयाङको बिस्तृत लेख यसै अनलाईनको अंग्रेजी सेक्सनमा हेर्न सकिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us