चीनको स्या मन शहरमा सत्रौँ अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला

काठमाण्डु टुडे २०७० भदौ २४ गते १८:१० मा प्रकाशित

सत्रौँ अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला अहिले चीनको स्या मन शहरमा भइरहेको छ। मेलाअन्तर्गत “सन् 2013 अन्तर्राष्ट्रिय लगानी मञ्च”मा चीन तथा विदेशका राजनीतिक तथा आर्थिक क्षेत्रका व्यक्तिले “विश्व मूल्य श्रृंखलाको पुनःसंरचना तथा विकास” भन्ने विषयबारे छलफल गरेका छन्। सहभागीहरुले विश्व मूल्य श्रृंखला पुनःसंरचनालाई तीब्र बनाउन आउने विभिन्न आर्थिक कठिनाइलाई हटाएर विश्व अर्थतन्त्रको पुनःसन्तुलनका लागि विकासोन्मुख मुलुकलाई सहयोग दिने महत्वपूर्ण उपाय रहेको बताएका छन्।

हाल विश्वको आर्थिक अवस्था विस्तारै सुधार हुँदैछ। अन्तर्राष्ट्रिय लगानीलाई बढाउनु नै क्रमशः विश्वको आर्थिक विकासलाई बढाउने महत्वपूर्ण इन्जिन बन्दैछ। अन्तर्राष्ट्रिय लगानीको नयाँ दिशा पहिल्याएर विश्व मूल्य श्रृंखलाको पुनःसंरचना बढाउनेतर्फ व्यापक ध्यान तानिएको छ। चीनका उप-वाणिज्यमन्त्री वाङ छाउले मेलालाई सम्बोधन गर्दै अर्थतन्त्रको विश्वव्यापीकरण अवस्था गहिरो हुँदा विश्व अर्थतन्त्रमा विश्व मूल्य श्रृंखलाको स्थान र भूमिका पनि महत्वपूर्ण हुँदैआएको देखिएको कुरा उल्लेख गरे ।

अन्तर्राष्ट्रिय मौद्रिक संकट भएपछि वैज्ञानिक तथा प्राविधिकि विकासले आर्थिक विकासलाई बढाउनेमा विभिन्न मुलुकले अझै बढी ध्यान दिएका छन्। विश्व मूल्य श्रृंखलाको पुनःसंरचनाको विकास हुन थालेको छ। विशेष गरी विकासोन्मुख मुलुकका लागि अन्तर्राष्ट्रिय लगानी कार्यक्रम चल्नु नै अन्तर्राष्ट्रिय मूल्य श्रृंखला पुनःसंरचनामा भाग लिने र औद्योगिक उत्थान तथा प्राविधिक विकासलाई व्यवहारमा उत्तार्ने महत्वपूर्ण उपाय रहेको छ।

संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनको “सन् 2013 विश्व लगानी प्रतिवेदन”का अनुसार, गत वर्ष विश्वमा प्रत्यक्ष लगानीको मात्रा अठार प्रतिशत घटे पनि लगानी आकर्षण क्षेत्रबाट हेर्दा विकासोन्मुख मुलुकले पहिलो पटक विकसित मुलुकलाई उछिनेर विश्व प्रत्यक्ष लगानी मात्राको 52 प्रतिशत पुगेको थियो भने विकसित मुलुकभन्दा दश प्रतिशत बढी पुगेको थियो। संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनका महासचिव मुगिसा कितुयिले विकासोन्मुख मुलुकले अझ बढी रुपमा विश्व मूल्य श्रृंखलामा भाग लिएर त्यसबाट फाइदा पाएको बताए।

सन् 1990 विश्व मूल्य श्रृंखला व्यापारमध्ये विकासोन्मुख मुलुकको मात्रा बीस प्रतिशत मात्रै पुगेको थियो। तर हाल उक्त संख्या चालीस प्रतिशत पुगेको छ। अझै बढी विकासोन्मुख मुलुकले मूल्य श्रृंखलामा भाग लिएका छन्। त्यसबाट विश्वको सम्पर्क अझ घनिष्ठ भएको देखिन्छ।

सन् 2012 मा चीनको कूल आर्थिक मात्रा र वैदेशिक लगानी मात्रा छुट्टा छुट्टै गरी विश्वको दोस्रो स्थानमा पुगेको थियो, वैदेशिक लगानी भित्र्याउने मात्रा लगातार एकाइस वर्षसम्म विकासोन्मुख मुलुकमध्येको पहिलो स्थान रहेको छ। साथै विश्वको तेस्रो वैदेशिक लगानी मुलुक बनेको छ भने त्रिहत्तर चिनियाँ उद्योग-व्यवसाय विश्वका पहिला पाँच सय उद्योग-व्यवसायमा रहेका छन्। तर चीनका उप-प्रधानमन्त्री मा खाइले समष्टिगत रुपमा हेर्दा चीन अन्तर्राष्ट्रिय श्रम वर्कीकरण प्रणालीको तल्लो तहमा रहेको र विश्व मूल्य श्रृंखलाबाट पाएको हित विकसित मुलुककोभन्दा धेरै कमी भएको उल्लेख गरे।

चीनले निर्यात गरेका धेरै उत्पादित वस्तुको वैज्ञानिक तथा प्राविधिक विषय कम छ, अतिरिक्त मूल्य पनि कम छ। धेरैजसो उद्योग-व्यवसायको केन्द्रीय प्रविधि र स्वामित्व ब्रान्ड अभाव छ। चिनियाँ व्यवसायको वैदेशिक लगानी कार्य सुरुवातमा रहेको छ, अन्तर्राष्ट्रियकरण अनुभव कम छ, विश्व मूल्य श्रृंखलामा भाग लिने क्षमता पनि सीमित छ।

उपप्रधानमन्त्री मा खाइका अनुसार, विश्वबीच अन्तर रहेबाट नीहित शक्ति पनि देखिन्छ। चीनले अझ सक्रिय रणनीति चालेर विश्व मूल्य श्रृंखलामा चीनको स्थानलाई अरु बढाउने कुरामा जोड दिए । झन झन बढी मुलुक स्टेकहोल्डर हुँदा विभिन्न मुलुकले मिलेर विश्व मूल्य श्रृंखलाको स्वस्थ विकासलाई राम्रो वातावरण दिनुपर्ने उपप्रधानमन्त्री मा पनि  बताए।

चीनको वाणिज्य मन्त्रालयले संयुक्त राष्ट्रिय संघीय व्यापार तथा विकास सम्मेलन र विश्व व्यापार संगठनलगायत अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग मिलेर संयोजन गरेको चीनको अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला अहिलेसम्मको विश्वको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय लगानी मेला हो। यस पटकको मेलामा सयभन्दा बढी मुलुक तथा क्षेत्रका छ सय सत्तरी वटा संस्था र बाह्र हजारभन्दा बढी विदेशी व्यापारीले भाग लिएका छन्। सिआरआइ 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us